Dabur

अलपत्र समृद्धि सपना

नेपालमा दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको सफलता पश्चात झण्डै १० वर्षको अथक प्रयास पश्चात् नेपालको संविधान २०७२ जारी भइसकेपछि राजनीतिक क्रान्तिको अध्याय सुरु भयो । अब नेपाल आर्थिक क्रान्तिको युगमा प्रवेश गर्यो भनेर राजनीतिक पार्टीका नेताहरुले उदघोष गरे । संघीय शासन प्रणाली अपनाउदै केन्द्र ,प्रदेश र स्थानीय तहका सरकारका माध्यम बाट समृद्धिको यात्रालाई अगाडि बढाउने घोषणा गर्दै महत्वकांक्षी योजना अघि सार्ने काम नेताहरु बाट भयो । जनतालाई समृद्धिका सपना बाडेर केपी ओली नेतृत्वमा दुई तिहाई बहुमतको सरकार पनि बन्यो । तर केपी ओली नेतृत्वको सरकारले अहिले सम्मकै लामो अवधि साढे तीन वर्षसम्म काम गर्दा पनि चुनावी घोषणापत्रमा गर्छु गरेका महत्त्वपूर्ण कामहरु ठालनी सम्म पनि गर्न सकेन । ३६ महिना सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीको दुई तिहाई बहुमतको सरकार समृद्धि सपनाको केही प्रतिशत पनि अनुभुति नगराएर गर्ल्याम्मै ढल्यो । आर्थिक समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउने ठूलो अवसर प्राप्त गरेका ओली र नेपाल कम्युनिस्ट पार्टी त्यस्मा असफल सिद्ध भए । राजनीतिक पार्टीका उच्च तहका नेताको ब्यक्तिगत स्वार्थका कारण समग्र देश अन्यौलता र असफलता तर्फ उन्मुख हुनु कदापी राम्रो कुरा होइन । राजनीतिलाई पद ,पैसा र पावर आर्जन गर्ने माध्यमको रुपमा प्रयोग गर्नु नै समस्याको मुल कारण हो । सत्तामा पुगेपछी देश र जनताको हितमा काम गर्नुभन्दा आफ्नो ब्यक्तिगत, गुटगत,र पार्टीगत भलाइका लागि केन्द्रित हुँदा देश र जनताका समस्याहरु छायांमा पर्न जान्छन् । फलतः निर्वाचनका क्रममा गरिएका घोषणाहरु ,बाडिएका योजनाहरु तुहिन जान्छन् । पदका लागि मरिहत्ते गर्ने, स्वार्थ का लागि जस्तासुकै सन्धि सम्झौताहरु गर्न तयार हुने,शक्तिकेन्द्रहरुको कठपुतली बन्ने,सत्तामा बसिरहन संविधानका व्यबस्थाहरुलाई कुल्चन पनि तयार हुने जस्ता कृयाकलापहरु नेपाली राजनीतिका रोगहरु रहेका छन् । सत्तामा रहदासम्म केही काम नगर्ने सत्ता बाहिर आएपछी ठुलाठुला भाषण गर्ने प्रवृत्ति नेपाली राजनीतिक नेताहरुको संस्कार बनेको छ । राजनीतिक नेताहरुको बिलासी आवस्यकतालाई पुरा गरिदिने भुमाफिया,म्यानपावर सन्चालक,एनजिओ आइएनजिओ संचालक,ठुला उधोगी ब्यापारी लगायतका बर्ग राजनीतिक नेताहरुको छनौटमा पर्दा राजनीतिक लाभ र महत्त्वपूर्ण नियुक्तिहरुमा तिनैको हातमा पर्दा राजनीति पनि गिजोलिने स्थिति बनेको छ । राजनीतिक नेताहरुलाई सेवा चाकरी र दलाली गरेर तिनीहरू राजनीतिक नियुक्ति लिएर राज्यको नीति निर्माण गर्ने महत्त्वपूर्ण ठाउँमा पुग्दछ्न । स्वार्थकेन्द्रित सम्बन्धहरुका आधारमा राज्यको महत्त्वपूर्ण निकायमा पुगेका ब्यक्तिहरुले आफ्नो स्वार्थलाई नै केन्द्रबिन्दुमा राख्ने भएकाले जनताका समस्याहरु उनीहरुका प्राथमिकतामा कहिल्यै पर्दैनन् । राजनीतिक नेताहरुले देश बनाउने संकल्पलाई प्राथमिकता नदिदा सम्म हाम्रा समृद्धिका सपनाहरु सधै सपनामै सिमित रहने निश्चित छ । झण्डै चार वर्ष सम्म सुबिधायुक्त बहुमत सहित निरन्तर सत्तामा बस्दा सत्तामा पुग्नु अघि एक वर्ष भित्रमा गर्ने,दुई वर्षमा गर्ने,तीन वर्षमा गर्ने भनिएका योजनाहरु कहाँ अलपत्र भए ? ती योजना कार्यान्वयन गर्न कस्ले छेक्यो ? राजनीतिक नेतृत्वको सुझबुझपुर्ण नेतृत्व र अगुवाइमा मात्रै समृद्धिका सपनाहरु साकार हुन सक्छन् । राजनीतिक नेतृत्व इमानदार नहुदा सम्म मुलुकको समस्या जहाँको त्यहीँ रहन्छ । त्यसैले अलपत्र समृद्धि सपनालाई साकार पार्न राजनीतिक नेतृत्वको रुपान्तरण र प्रतिबद्धताका लागि दबाब सृजना गरौं । नेताको भजनमण्डली र झोले कार्यकर्ता बन्ने होइन आआफ्नो ठाउँ बाट देश र जनता प्रती ईमानदार बन्न प्रेरित गरौं । हाम्रो समृद्धि सपना लाई साकार पार्न आआफ्नो तहबाट सत्प्रयास गरौं ।


सम्बन्धित खबर

माण्डवीमा एमाले कार्यपालिका सदस्य सहित २०० बढी माओवादी केन्द्रमा प्रवेश

एमाले कार्यपालिका सदस्य सहित २०० बढी माओवादी केन्द्रमा प्रवेश

माओवादी रूपन्देही इन्चार्ज माेटरसाइकल दुर्घटनामा परी मृत्युु

विप्लव नेकपा प्युठानका पूर्व जिल्ला सेक्रेटरी माओवादी केन्द्रमा प्रवेश

विप्लव नेकपा प्युठानका पूर्व जिल्ला सेक्रेटरी माओवादी केन्द्रमा प्युठान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्युठानका पूर्व जिल्ला सेक्रेटरी, राज्यकमिटि सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य दधिराम सुवेदी (सार्जुल) माओवादी केन्द्रमा...

झिमरूक एमालेमा पहिराे, जिल्ला नेता नै माओवादी केन्द्रमा

पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमाे वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रका विजयादशमी ,दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना

लुम्बिनी प्रदेशकाे वजेटका यी हुन विशेषता

लुम्बिनी प्रदेश सरकारले जटिल तीन रोगको उपचारका लागि निर्देशिकाले तोकेको बाहेक थप दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । सरकार परिवर्तन भएपछि नयाँ बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले यस्तो घो...