Dabur

झिमरूक एमालेमा पहिराे, जिल्ला नेता नै माओवादी केन्द्रमा

प्युठान,  नेकपा (माओवादी केन्द्र )झिमरुक गाउपालिमा जनताको आकर्षण बढ्दाे छ । पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमाे वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रका विजयादशमी ,दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम प्रमुख अतिथी नेकपा (माओवादी केन्द्र )लुम्बिनी प्रदेश सचिवालय कमिटी सदस्य पित बहादुर एम.सी. ,विशेषअतिथी माओवादी केन्द्र जिल्ला सम्मन्वय कमिटी प्युठानका  सयोजक कृष्ण अधिकारी (प्रकाश ),अतिथिहरु माओवादी केन्द्र लुम्बिनी प्रदेश प्रतिनिधि बिश्वबन्धु थापा, माओबादी केन्द्र का केन्द्रीय सल्लाहकार कमिटी सदस्य श्रीकृष्ण रिजाल ,माओवादी केन्द्र प्रदेश सभा निर्वाचन क्षेत्र ख  का संयोजक उमाराम पौडेल ,सचीव तुलस बस्नेत लगायतका नेताहरुले नवप्रवेशीहरूलाई स्वागत गरेका हुन् । प्रवेश गर्नेहरू नेकपा एमाले प्युठान जिल्ला कमिटी सदस्य तथा झिमरूक गाउपालिका सचिव  ललित बस्नेतको नेतृत्वमा एमाले प्युठान काठमाडौं सम्पर्क कमिटी सदस्य त्रिबेणि पोख्रेल ,गत स्थानिय तहको निर्वाचनमा एमालेबाट झिमरुक गाउपालिका वडा न ८ दलित महिला सदस्य उम्मेदवार रेसमा सामत सहित एक दर्जन कार्यकर्ता एमाले परित्याग गरि माओवादी केन्द्र मा प्रवेश गरेका छन् । त्यसैगरी बिस्नुमणी पोख्रेलको नेतृत्वमा केशव राज पोख्रेल ,बर्सात के.सी,सुरेन्द्र पोख्रेल ,रचना खत्री ,होम बहादुर के.सी.,किरण के.सी. ,शुशिला के.सी. ,कस्तुरी केसि लागायत एक दर्जन भन्दा बढी कार्यकर्ता राजमो परित्याग गरि नेकपा (माओवादी केन्द्र )मा प्रवेश गरेका हुन् ।  प्रवेश गरेकाहरूले देशमा परिवर्तनको शक्ति माओवादी भएको र माओवादीकै नेतृत्वमा देशकाे परिवर्तन र समृद्धि सम्भव भएको भन्दै माओवादीमा आवद्ध भएको बताएका छन् । उनीहरूले परिवर्तनका लागि माओवादीमा एकताबद्ध हुन समेत आग्रह गरेका छन् ।


सम्बन्धित खबर

लुम्बिनी प्रदेशकाे वजेटका यी हुन विशेषता

लुम्बिनी प्रदेश सरकारले जटिल तीन रोगको उपचारका लागि निर्देशिकाले तोकेको बाहेक थप दुई लाख रुपैयाँ सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ । सरकार परिवर्तन भएपछि नयाँ बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले यस्तो घो...

टिप्परको ठक्करबाट मजदुरको मृत्यु

प्युठान , टिप्परको ठक्करवार एक जना सडक मजदुरको मृत्यु भएको छ । नौबहिनी गाउँपालिका–८ लुप्लुङ्गमा रहेको चुनढुङ्गा खानीबाट चुनढुङ्गा ओसारपसार गर्ने टिप्पर ठक्करबाट स्थानीय ३७ वर्षीय सडक मजदुर यामबहादुर दमाईको मृत्यु भएको हो ।  दमाईलाई आईतबार...

लिलामणि पौडेलले भने: माओवादीकै कारण परिवर्तन आएको हो, एमाले परिवर्तनकारी शक्ति होइन

लिलामणि पौडेलले भने: माओवादीकै कारण परिवर्तन आएको हो, एमाले परिवर्तनकारी शक्ति होइन गुल्मी - पूर्व मुख्य सचिव लीलामणि पौडेलले माओवादी नै देशको रुपान्तरणकारी शक्ति भएको बताएका छन् । उनले अहिलेका सबै उपलब्धी माओवादीको संघर्षबाटै सम्भव भएको उ...

अलविदा कमरेड खगुलाल

म्युनिस्टहरु उत्साहित पूर्वक सहभागि भएकोपनि हामीले ४ वर्ष अगाडि देखेका थियौं । वास्तवमा उहाँको आदर्श र सङ्घर्षशील व्यक्तित्वलाई स्मरण गर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीलाई टुटफुट र विभाजन त्यागेर एकताका लागि प्रेरित गर्दछ । देशमा उपस्थि...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...