Dabur

एकीकृत समाजवादीको भविष्य उज्ज्वल छ

२०७१ साल असारमा सम्पन्न एमालेको नवाँै राष्ट्रिय महाधिवेशनले नेपाली समाजको आर्थिक–सामाजिक एवम् साँस्कृतिक रूपान्तरण गर्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशा तय गरेको थियो । तर उक्त महाधिवेशनबाट अध्यक्षमा निर्वाचित के पी शर्मा ओलीले दक्षिणपन्थी अवसरवादको दिशामा लगे र उनको व्यक्तिवादी तथा स्वेच्छाचारी कदमहरू चाल्दै गए । पार्टीका पूर्व अध्यक्ष झलनाथ खनालले परिकल्पना गरेको “सुखी नेपाली, समृद्ध नेपाल” भन्ने मूल नाराका साथ पार्टीले आफ्नो यात्रा सुचारु गर्न सकेन । नीति होइन, नेतृत्व प्रधान हुदै गयो र नेकपा (एमाले) पार्टी के पी शर्मा ओलीको नीजि कम्पनी जस्तै बन्दै गयो । २०७५ साल जेठ २ गते ओली र प्रचण्डको नेतृत्वमा एकता गरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समेत ओलीको त्यो प्रवृतिबाट अछुतो हुन सकेन जसको परिणाम स्वरूप पार्टी विघटन हुन पुग्यो ।  नेकपा (एमाले) निमार्णमा लाखौ सदस्यहरुको योगदान थियो तर ओली र उनका गुटको अहङ्कार र बलमिचाइका कारण आज ती सवै सदस्यहरू एमालेमा छैनन् । निरन्तर बहस र अन्तरसङ्घर्षबाट पनि ओली र उनको समूहमा कुनै सुधार नआउने भएपछि दुःखका साथ नेकपा (एमाले) बाट विद्रोह गरेर २०७८ भदौ ९ गते नेकपा (एकीकृत समाजवादी) को जन्म भएको छ । नयाँ पार्टीको भविष्यका सन्दर्भमा प्रश्नहरू उठ्नु स्वभाविक हो । पार्टी स्थापना गर्नु भन्दा त्यसको नीति तथा कार्यक्रमहरू देश र जनताको हित अनुकूल बनाउनु र प्रयोगमा लिनु प्रमुख कुरा हो जसको पहिलो प्रयोग उक्त पार्टीको  नेतृत्व र कार्यकर्ताहरू बीचबाट देखाउन जरुरी छ ।  अव परम्परागत पार्टीहरूभन्दा फरक सोच र व्यवहारबाट एकीकृत समाजवादी चल्न आवश्यक छ वर्तमानको सङ्कटपूर्ण राजनीतिक घटनाले जन्माएको एकीकृत समाजवादी पार्टी नयाँ आशा र सम्भावना बोकेर आए पनि यस पार्टीप्रति नेकपा (एमाले) भित्रका धेरै समूहरूमध्ये ओली समूहबाट भ्रमहरूको सिर्जना गरिएको छ जसलाई संक्षिप्तमा निम्न तीनवटा बुँदामा बुझ्न र बुझाउन सकिन्छ ः 
मूलधार भनिएको सन्दर्भः
इतिहासमा धेरै पार्टीहरू गठन तथा विघटन भएका छन् । नेपालका कम्युनिस्टले फुट र विभाजनको सबैभन्दा धेरै अभ्यास र अनुभव गरेका छन् । २००६ सालमा स्थापना भएको कम्युनिस्ट पार्टी विभिन्न समयमा धेरै समूहमा विभाजित भए । हाल निर्वाचन आयोगमा दर्ता भएका ९५ वटा राजनीतिक दलहरूमध्ये १२ वटा कम्युनिस्ट पार्टी रहेका रहेका छन् जुन कतिपय एमाले जस्तै नाम मात्रका कम्युनिस्ट हुन् । यो कम्युनिस्ट आन्दोलन र समाजवाद यात्राको लागि दुखद् पक्ष हो ।
२०१५ सालमा १ सय ९ स्थान रहेको प्रतिनिधिसभाको निर्वाचनमा क्रमशः नेपाली काङ्ग्रेस ७४, नेपाल राष्ट्रवादी गोर्खा परिषद् १९, संयुक्त प्रजातन्त्र पार्टी ५, नेकपा ४, नेपाल प्रजापरिषद् घन–कोदालो २, नेपाल प्रजापरिषद् हलो १, र स्वतन्त्र उम्मेदवारले ४ स्थानमा जित हासिल गरेका थिए । ३६ स्थान रहेको महासभामा १८ जना राजाले मनोनित गर्ने र प्रतिनिधिसभाबाट निर्वाचित हुने १८ जना मध्ये नेका १५, नेकपा, नेपाल राष्ट्रिय गोर्खा परिषद् र संयुक्त प्रजातन्त्र पार्टीबाट क्रमशः १–१ जना निर्वाचित भएका थिए । २०१५ सालको निर्वाचनमा संसदमा प्रतिनिधित्व गर्ने ६ वटा दलमध्ये आज नेपाली काङ्ग्रेस र कम्युनिस्टबाहेक अन्य दल अस्तित्वमा छैनन् । इतिहासमा शक्तिशाली रहेका दल समयक्रमसंगै जन अपेक्षाअनुसार काम गर्न नसक्दा विलय भएका थुप्रै उदाहरण छन् । अहिले ठुलो भनिएको एमालेमा आएको विचलन र ओली पवृत्तिका कारण सो पार्टी पतन÷विघटनको यात्रामा छ । ओली नेतृत्वसँगै यसले कम्युनिस्ट चरित्र धारण गर्न छोडेको छ । भोलिको पुस्ताले इतिहासमा एमाले भन्ने कम्युनिस्ट पार्टी थियो भनेर पढ्ने दिन नआउला भन्न सकिदैन ।
काङ्ग्रेस र माओवादीको पुच्छर भन्ने सन्दर्भः
२०१५ सालमा प्राप्त बहुदलीय व्यवस्थालाई राजा महेन्द्रले अपदस्थ गरेपछि ३० (२०१६–२०४६) वर्षसम्म चलेको दलविहीन पञ्चायती व्यवस्था विरुद्ध नेका र नेकपाको संयुक्त आन्दोलनको परिणामले मात्र २०४६ चैतमा पुनः बहुदलीय व्यवस्था प्राप्त भएको थियो । २०५८ साल माघ महिनामा राजा ज्ञानेन्द्रले चालेको प्रतिगामी कदमको विरुद्ध पनि नेका, नेकपा (एमाले) लगायतका दलले शान्तिपूर्ण सडक आन्दोलन र नेकपा माओवादीले सशस्त्र युद्धको माध्यमबाट २०६२÷२०६३ सालको शान्तिपूर्ण जनक्रान्तिको परिणाम स्वरूप सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । राजनीतिक दर्शनले फरक–फरक धारमा रहेता पनि निरङ्कुशताको विरुद्ध नेपाली काङ्ग्रेस र कम्युनिस्टहरू सहकार्य गर्दै आएको परम्परा छ । वर्तमान सन्दर्भमा पनि ओलीले चालेको असंवैधानिक कदम र उनको निरङ्कुशताको विरुद्ध काङ्ग्रेस र कम्युनिस्टहरू एकै ठाउँमा आएका हुन् । युद्ध र आन्दोलनबाट प्राप्त सङ्घीयता, गणतन्त्र, समावेशी, समानुपातिक व्यवस्थाको रक्षाका लागि नेपाली काङ्ग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाइएको हो भने माओवादीसँग सहकार्य गरिएको हो । एमालेलाई एकढिक्का गराउने भ्रममा ओलीको निरङ्कुशताको विरुद्ध माधव नेपाल समूह नलडेको भए आज यो व्यवस्था नरहने खतरा प्रवल थियो । त्यसबेला न त व्यवस्था रहन्थ्यो न त एमाले । त्यसैले व्यवस्था बचाउन र ओलीले दुई–दुई पटक विघटन गरेको संसद बचाउन आफ्नै पार्टीसँग विद्रोह गरी काङ्ग्रेस र माओवादी लगायताका दलसँग गठवन्धन गर्नु अनिवार्य आवश्यकता थियो । एमाले बचाउने बहानामा ओलीको गलत कदमको समर्थन गरी एमाले बचाउछु भन्नु र आफ्नो घर बचाँउभन्दा गाउँ नै सखाप गराई आफै भस्म हुने पक्का थियो । 
विद्रोहबाट शक्ति आर्जन गरेको सन्दर्भः
पटक–पटक सत्तामा पुगेको २०७४ सालमा नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर सवैभन्दा धेरै सिट जितेको नेकपा एमाले पनि इतिहासमा मूलधार कम्युनिस्ट पार्टीबाट विद्रोह गरेर कोर्डिनेशन केन्द्र हुँदै आएको हो । मूलधारबाट विद्रोह गरेको सानो समूहमा रहेको माओवादी २०६४ सालको संविधान सभाको निर्वाचनमा देशकै सबैभन्दा ठुलो दल बन्यो । नेपाली काङ्ग्रेसबाट विद्रोह गरी नेपाली काङ्ग्रेस प्रजातान्त्रिक बनाएका शेरबहादुर देउवाले आज काङ्ग्रेसको नेतृत्व गरेका छन् ।  राप्रपाका मूलधार सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पशुपति शमशेर जबरा थिए, तर कमल थापाले विद्रोह गरी निर्माण गरेको राप्रपा, नेपाल सबैभन्दा शक्तिशाली भयो आज मूलधारका अस्तित्व कायम गरेका सबै दलको इतिहास मूलधार भनिएकैबाट विद्रोह गरेको प्रमाण हाम्रो सामु छ । एमालेबाट विद्रोह गरेको नेकपा (एकीकृत समाजवादी) यसको अपवाद हुन सक्तैन ।
 नेकपा (एकीकृत समाजवादी)ले अगाडि सारेको जनपक्षीय नीति, विचार, कार्यक्रम, विधि, प्रणाली, व्यवस्था जस्ता महत्वपूर्ण पक्षहरूको प्रतिवाद गर्न नसकेर ओली समूहले एमाले र सूर्य चिन्ह जस्ता प्राविधिक कुरा गरेर आधारभूत नागरिकहरूको कमजोर चेतनाको दुरुपयोग गरिरहेका छन् ।  एमाले त २०७५ सालमा ओलीले नै विघटन गरेका थिए र हामी तीन वर्ष एमाले थिएनौ र नेकपा थियौ । त्यसवेला ओली र उनको समूहले किन एमालेको खोजी गरेनन् ? अर्कातर्फ जनताको मन जित्ने चुनाव चिन्हले होइन पार्टीको विचार र कार्यक्रमले हो । यदि चिन्हले जनमत आकर्षण गर्ने भए २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा २०४८ सालदेखि प्रचार गरिएको सूर्य, रुख, हलो, गिलास जस्ता चिन्हले धेरै मत लिनु पर्ने हो तर पहिलो पटक देखिएको गोलाकार भित्र हसिया हथौडाले सबैभन्दा धेरै जनमत प्राप्त ग¥यो । यो चुनाव चिन्हको भ्रम छरेर मत प्राप्त गर्न सकिदैन भन्ने ज्वलन्त प्रमाण हो । अर्कोतर्फ २०१५ सालमा कम्युनिस्ट पार्टीले मकैको घोगा चिन्ह लिएर चुनावमा भाग लिएको थियो भने राप्रपाको पुरानो र स्थापित चुनाव चिन्ह हलो हो तर आज स्वयं कम्युनिस्ट र राप्रपाले मकैको घोगा र हलो बिर्सिसके । कम्युनिस्टहरूले सूर्य, गोलाकार भित्र हसिया हथौडा, गिलास, तारा, मादल लगायतका विभिन्न चिन्हहरू र राप्रपाले गाई चिन्ह लिएर चुनाव लडिरहेका छन् । यसले चुनाव चिन्ह होइन पार्टीको नीति तथा कार्यक्रम र जनताको निर्णय प्रमुख हो भन्ने कुरा पुष्टि गर्दछ । 
अर्कोतर्फ २०५४ सालमा विभाजित नेकपा (माले)को उदाहरण दिएर नेकपा (एकीकृत समाजवादी) माथि प्रहार गरिएको छ जुन आजको समय र सन्दर्भसँग मेल खाँदैन । एमालेबाट मालेले विद्रोह गरेको २४ वर्ष अगाडिको इतिहास हो जुनबेला नेपाली नागरिकको चेतना र मनोविज्ञान आजको चेतना तथा मनोविज्ञानमा धेरै फेरबदल आएको छ भने देशको सूचना र प्रविधि धेरै माथि छ । २०५६ सालमा नेकपा माले एक्लै चुनाव लडेर  झण्डै ५ लाख ६७ हजार ७६० अर्थात ७ प्रतिशत मत प्राप्त गर्दा पनि संसदमा प्रतिनिधित्व सुन्य रह्यो । हाल समानुपातिक निर्वाचन प्रणाली पनि भएकोले पार्टीले प्राप्त गरेको मतबाट समानुपातिक उम्मेदवारहरूले प्रतिनिधित्व गर्न पाउने हुँदा मत खेर जाँदैन । त्यस समयमा दलहरू बीचमा धेरै साँघुरो मनोविज्ञान थियो । गठबन्धनको संस्कार थिएन, तर अहिले नेकपा (एकीकृत समाजवादी) २०७७ साल पौष ५ गते ओलीले चालेको असंवैधानिक तथा प्रतिगामी कदम र पवृत्तिको विरुद्ध कायम गरिएको गठबन्धन आगामी चुनावसम्म कायम राख्ने प्रतिबद्धताका साथ अगाडि बढेका छन् ।
कुनै समयमा ठुलो भनिएको भए पनि  विचार विहिन र कार्यक्रम विहिन पार्टी सधै ठुलो हुन सक्तैन । नेकपा (एकीकृत समाजवादी) आजको समसामयिक राजनीतिक मुद्दामा केन्द्रित राजनीतिक पार्टी हो । साझा लक्ष्यका लागि सहकार्य गरेका विचार र भावनाले एमाले र ओलीसँग असहमत राख्ने तर प्राविधिक र अलमलका कारणले एमालेमै रहेका इमान्दार नेता कार्यकर्ताहरूलाई एकीकृत समाजवादी पार्टीमा सदा स्वागत छ । ठूलो सङ्ख्यामा रहेका स्वतन्त्र नागरिक समाज, प्रगतिशील, उपेक्षित, उत्पीडित, अग्रगामी विचार रहेका सवै नागरिक अट्ने र आजको नेपाली समाजको विविधता र वास्तविकताको प्रतिनिधित्व गर्ने पार्टी भएकोले यो पार्टीले निकट भविष्यमै सवल परिणाम दिने पक्का छ । पार्टी स्थापना भएको एक महिनामै देशव्यापी रूपमा छाएको जनलहर, नेता–कार्यकर्तामा कायम रहेको उत्साह र त्यसको सूचना सम्प्रेषण गर्ने सूचना तथा प्रविधिले  आम नागरिकमा सकारात्मक सन्देश पुगिरहेको छ । अर्कोतर्फ आजसम्म नेपाल कम्युनिस्ट पार्टी लगायत सबै पार्टीले दुर्वल पक्षहरूको समीक्षा सहित नेपाली समाजको असमानता र विविधताको कारणले निर्मित  मनोविज्ञान र चेतनाको  समेत गहिरो अध्ययन र अनुभवलाई संयोजन गरी पार्टीको नीति तथा कार्यक्रमहरु अगाडि सारिएको छ । त्यसैले पार्टीप्रति सबैको आकर्षण रहने भएकोले नेकपा (एकीकृत समाजवादी) को भविष्य उज्वल छ ।–भोजविक्रम बुढा मगर, अध्यक्ष नेकपा (एकीकृत समाजवादी), प्यूठान


सम्बन्धित खबर

झिमरूक एमालेमा पहिराे, जिल्ला नेता नै माओवादी केन्द्रमा

पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमाे वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रका विजयादशमी ,दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना

नेकपा माओवादी केन्द्र माण्डवीको कार्यालय उद्घाटन

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माण्डवी गाउँपालिका संगठन समितिको जस्पुरमा पालिका स्तरीय कार्यालय शनिवार उद्घाटन भएको छ ।  पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड...

लिलामणि पौडेलले भने: माओवादीकै कारण परिवर्तन आएको हो, एमाले परिवर्तनकारी शक्ति होइन

लिलामणि पौडेलले भने: माओवादीकै कारण परिवर्तन आएको हो, एमाले परिवर्तनकारी शक्ति होइन गुल्मी - पूर्व मुख्य सचिव लीलामणि पौडेलले माओवादी नै देशको रुपान्तरणकारी शक्ति भएको बताएका छन् । उनले अहिलेका सबै उपलब्धी माओवादीको संघर्षबाटै सम्भव भएको उ...

अलविदा कमरेड खगुलाल

म्युनिस्टहरु उत्साहित पूर्वक सहभागि भएकोपनि हामीले ४ वर्ष अगाडि देखेका थियौं । वास्तवमा उहाँको आदर्श र सङ्घर्षशील व्यक्तित्वलाई स्मरण गर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीलाई टुटफुट र विभाजन त्यागेर एकताका लागि प्रेरित गर्दछ । देशमा उपस्थि...

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...