Dabur

बेरुजु प्रतिवेदनले सिकाएको पाठ

रुजु नभएको, नमिलेको, विधि, मापदण्ड पुरा नगरेको, अनियमित भएको, कैफियत जनाइएको भन्ने बुझिन्छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ ले पनि बेरुजुलाई रित पुगेको,आवश्यक लेखा नराखेको, प्रमाणहरु नराखेको, वेमनासिव तरिकाहरुले आर्थिक कारोवारो गरेको भनि लेखापरिक्षण गर्दा औल्याएको, ठह¥याएको कारोवारोलाई जनाएको छ । बेरुजु आर्थिक कारोवारोको मुल्याङकन पश्चात गरिएको प्रतिवेदन सहितको टिप्पणी हो । बेरुजुको साधारण बुझाइले सम्पतिको हिनामिना गरेको, अपचलन, व्यक्तिगत उपयोग, भष्ट्रचार गरेको, सरकारी मस्यौट, जस्ता कुराहरुलाई प्रथामिकता दिइएको पाइन्छ । वास्तवमा बेरुजु कारोवारो कागज प्रमाण, कार्य प्रकृति, प्रयोग तथा त्रुटीका आधारमा फरक फरक हुने गर्दछ । अशुल उपर, पेश्की र नियमित बेरुजु हुने गर्दछ । बेरुजु आफैमा समस्या भने होइन । कारोवारोका हरेक तहहरुमा नीतिनियम मापपदण्डहरुलाई अनुशरण गरिएको हुन्छ । विशेष सर्तकता अपनाइएकै हुन्छ तै पनि बेरुजु देखापर्नु भने समस्या नै हो ।  
अनिमियता गरेको ,कार्यसम्पादनमा कमी गरेको, साधन स्रोतको दुरुपयोग गरेको, लेखाङकनमा गणितीय त्रुटी गरेको, खर्च नजनाई भुक्तानी गरेको, तोकिएको कार्यविधि पुरा नगरेको, हानि नोक्सानी पारेको , जिम्मेवारी नसारेको ,दायित्व मिलान नगरेको , पेश्की फस्छ्यौट नगरेको तथा शोधभर्ना नलिएको विलभरपाइ मनासिव नदेखिएको जस्ता कारण वेरुजु रकम दिन प्रति दिन बढ्दैछ । आन्तरिक लेखा परिक्षणबाट औल्याएको बेरुजु सुझाव मुलक हुन्छ भने महालेखा परिक्षकबाट कैफियतको रूपमा खुल्याएको विस्तृत ब्याख्या सहितको बेरुजु आर्थिक कारोवारको त्रुटि सुधार तथा अशुल उपर गर्न बाध्यात्मक हुने गर्दछ । यहि मिति २०७८।०५।०४ गते महालेखा परिक्षकले आफ्नो ५८ औं बार्षिक प्रतिवेदन  प्रस्तुत गरेको छ । आर्थिक रुपमा मुलुक शितिल भएको, कोरणाको महामारीबाट सरकारी निकायको आम्दानी, खर्च प्रणालीमा भएको असन्तुलन अवस्थामा पनि महालेखा परिक्षकले सफलता पूर्वक छोटो अवधिमै सबै क्षेत्रका आर्थिक गतिविधिको लेखा परिक्षण , मुल्याङकन गरेको छ । 
महालेखा परिक्षकको बार्षिक प्रतिवेदनले यस बर्ष परिस्कृत शैलिमा राज्यका तिन वटै तहहरुको तुलनात्मक रुपमा प्रस्तुत भएको छ । संघिय कार्यालय, गौरव आयोजना संगठित संस्था तथा प्रदेश र देश भरीका स्थानीय तहहरुको प्रतिस्पर्धात्मक रुपमा वेरुजु विवरण प्रस्तुत गरेको छ । जसबाट हाम्रा संघिय संरचनाहरुले आर्थिक नियमितता, मितब्ययीता र आर्थिक अनुशासन ब्यवस्थापन मा कति जिम्मेवार छन भन्ने विषयलाई छर्लङग पारेको छ । मुलुकको वित्तीय दर्पन देखाइइएको छ । कूल ५३ खर्ब२७ करोड ९१ लाख रकम बरावरको लेखापरिक्षण कार्यमा रु १ खर्व ४ अर्व ३८ करोड ४३ लाख रहेको छ । जसमा अशुल उपर गर्नू पर्ने रकम मात्रै २६ प्रतिशत सताईस अरव रहेको छ । यसले खर्च प्रणाली एक हचुवा र संवेदनशील नभई मनपरि रुपमा हुन्छ, भन्ने तथ्य देखाउछ । वेरुजुको भारले कार्यसम्पादनको स्तर समेत प्रष्ट पारेको छ । सरकारी लगानीको उपलब्धि विहिन भएको छ । आर्थिक कार्यप्रणाली सार्वाजानिक निकायको मेरुदण्ड हो । यसको समुचित ब्यवस्थापन गर्नू जरुरी हुन्छ । जनहितका लागि जफावदेहिता , पारदर्शिता, यथार्थता तथा आर्थिक निष्ठा, ब्यवसाययिकता सिर्जना गर्न महालेखा परिक्षकको प्रतिवेदनबाट सिक्नु पर्ने धेरै कुराहरु छन । कोष ब्यवस्थापन, आर्थिक अनुशासन, कार्यविधिको पालना, संगठनिक सुदृढीकरण,नर्मशहरु निमार्ण , कार्यसम्पादनको बस्तुनिष्ट मुल्याङकन,समावेशी योजना निमार्ण, आम्दानी स्रोत ब्यवस्थापन, सोधभर्ना ब्यवस्थापन, पेश्की तथा खर्च ब्यवस्थापन,आन्तरिक नियन्त्रण प्रणालीमा मजबुद्धीकरण,सार्वजानिक पदाधिकारीको जिम्मेवारी निर्धारण, बैज्ञानिक लेखाङकन तथा दिर्गकालिन अभिलेख प्रणालीलाई कसरी ब्यवस्थित बनाउन सकिन्छ । कारोवारोलाई नियमितता, मितब्ययीतता,कार्यशुलता,प्रभावकारीता, पारदर्शी, सान्दर्भिक बनाउन सकिन्छ । सरकारी सम्पति र लगानी को नतिजा ब्यवस्थापन कसरी गर्ने विषयमा राम्रो शिक्षा दिइएको छ । सार्वाजानिक रुपमा प्रकाशित हुने प्रतिवेदनले सार्वाजानिक निकायहरुलाई एक पटक आत्ममुल्याङकन गर्दै सुधारको लागि सचेत बनाइएको छ । 
आर्थिक कार्य सम्पादनमा निर्धारित ऐन, नियम, कार्यविधिले गरेका ब्यवस्थाहरु अवलम्बन गर्नु पर्दछ । पेश्की समयमै पेफ गर्नु पर्दछ । मोविलाइजेसन भन्दा कार्यसम्पादनमा आधारित भुक्तानी प्रकृयालाई अवलम्बन गर्नु पर्दछ । बास्तविक मुल्याङकनलाई मात्र भुक्तानी गर्नु पर्दछ । आम्दानी निकाशा खर्च बाँकी मौज्दात विवरण स्पष्ट हुनु पर्दछ स्रेस्ता र बैक मैज्दात बरावर हुनु पर्दछ । कारोवारोको सम्पुर्ण प्रकृया स्पष्ट बनाउनु पर्दछ । लेखा उत्तरदायी ब्यक्तिलाई लेखा ब्यवस्थापन तथा वेरुजु नियन्त्रणको ज्ञान तालिम, प्रशिक्षण मार्फत क्षमता विकास गराउनु पर्दछ । उपलब्ध गराउनु पर्दछ । जसबाट बैज्ञानिक रुपमा लेखा ब्यवस्थापन गर्न सकुन । लेखा परिक्षण कार्य बहुआयामिक ढङगबाट गरिन्छ । लेखा परिक्षणका क्रममा गणितिय तथ्याङकलाई मात्र हेरिदैन । कार्यक्षेत्रको आर्थिक ,भौतिक,प्रशासनिक, ब्यवस्थापकिय तथा समाजिक स्थितिको समेत मुल्याङकन गरिन्छ । जसबाट ब्यवहारिक सन्तुलित नतिजा प्राप्त गर्न सकियोस ।
वेरुजु आर्थिक कार्यप्रणालीमा देखिएको त्रुटीको नतिजा हो । रुजु नभएको , निमयसँगत नभएको गलत रकम हो । मुलुकको मेरुदण्ड अर्थब्यवस्थापमा बेरुजु बढी रहनु ठुलो अर्थिक चुनौति हो । यसको ब्यवस्थापन गर्न बहुपक्षीय सुधारको अवश्यकता पर्दछ । यसमा जिम्मेवार पद र ब्यक्तिको ठुलो भुमिका हुन्छ । विगतको वेरुजु रकमलाई समपरिक्षण मार्फत फच्र्छौट गरी वेरुजु भोलम नघटाउदा दिन बर्षाै सालको वेरुजु थपि रहेको छ । अशुल उपर वेरुजु प्रति उदाशिन रहेको छ । नियमित गुर्नु पर्ने वेरुजुमा आवश्यक पुष्ठी सहितका प्रमाण पुरा गराउन सकिरहेको छैन । लेखाङकन कार्यलार्ई ब्यवस्थित बनाउदा पनि बेरुजु अपेक्षित रुपमा नघटनुले  जिम्मेवार ब्यक्तिको कमजोरी देखिन्छ । आर्थिक ब्यवस्थापनको आधारको रुपमा बेरुजु फच्र्छाैट कार्यलाई अभियानको सञ्चालन गर्नु जरुरी देखिन्छ । सबै प्रकार वेरुजुहरुको लगत तयार गरी केन्द्रिय निकाय सँग सहकार्य र समन्वय गर्नु पर्दछ । 
 


सम्बन्धित खबर

माण्डवीमा एमाले कार्यपालिका सदस्य सहित २०० बढी माओवादी केन्द्रमा प्रवेश

एमाले कार्यपालिका सदस्य सहित २०० बढी माओवादी केन्द्रमा प्रवेश

माओवादी रूपन्देही इन्चार्ज माेटरसाइकल दुर्घटनामा परी मृत्युु

विप्लव नेकपा प्युठानका पूर्व जिल्ला सेक्रेटरी माओवादी केन्द्रमा प्रवेश

विप्लव नेकपा प्युठानका पूर्व जिल्ला सेक्रेटरी माओवादी केन्द्रमा प्युठान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्युठानका पूर्व जिल्ला सेक्रेटरी, राज्यकमिटि सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य दधिराम सुवेदी (सार्जुल) माओवादी केन्द्रमा...

अलपत्र समृद्धि सपना

नेपालमा दस वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनको सफलता पश्चात झण्डै १० वर्षको अथक प्रयास पश्चात् नेपालको संविधान २०७२ जारी भइसकेपछि राजनीतिक क्रान्तिको अध्याय सुरु भयो । अब नेपाल आर्थिक क्रान्तिको युगमा प्रवेश गर्यो भनेर राजनीतिक पार्टीका नेत...

झिमरूक एमालेमा पहिराे, जिल्ला नेता नै माओवादी केन्द्रमा

पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमाे वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रका विजयादशमी ,दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना