Dabur

निजामती दिवसको अवसर पारी मन्त्रीले नै झाडु बोकेर सरसफाईमा लागे

वुटवल, १८ औं निजामती सेवा दिवसको अवसरका लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्ण ध्वज खड्काले मन्त्रालय परिसरमा सरसफाई र वृक्षारोपण गरेका छन् । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’  भन्ने नाराका साथ मनाइएको दिवसको अवसरमा आर्थिक मामिला तथा सहकारी मन्त्रालयका कर्मचारी सहित मन्त्री खड्काले पनि मन्त्रालय परिसरमा सरसफाई र वृक्षारोपण गर्दै शुभकामना आदाप्रदान गरिएको हो । 
२०१३ सालमा तत्कालिन प्रधानमन्त्री टंक प्रसाद आचार्यको नेतृत्वमा प्रशासनिक व्यवस्थापनका लागि प्रशासनिक योजना आयोग गठन गरी सोही आयोगमार्फत  भाद्र २२ गते  निजामती सेवा ऐन जारी भएकाले सोही दिनलाई २०६१ सालदेखी निजामती सेवा दिवस मनाउने गरिन्छ । नेपालमा करिव १ लाख निजामती कर्मचारीहरु सेवारत छन् । सोही कारण मनाइएको निजामती सेवा दिवसमा सरसफाई र वृक्षारोपण गर्दै मन्त्री खड्काले सम्पुर्ण निजामती कर्मचारीहरुलाई शुभकामना प्रदान गरेका हुन् । 


सम्बन्धित खबर

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

विद्यार्थी संगठन सत्ताको रक्षा कवज संगठन होइनः भण्डारी 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी आन्दोलन सत्ताको रक्षाकवज संगठन नभएको बताएका छन् । विद्यार्थीको मौलिक हकको सुनिश्चितता र शैक्षिक व्यापारको अन्त्य गर्न अखिल क्रान्तिकारी लडिरहेको जिकिर गरे ।  आइतवार जुम्र...

अखिल क्रान्तिकारी गौमुखीको अध्यक्षमा कुवँर 

प्यूठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ ।  (अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका  कमिटिको अध्यक्षमा त्रिबिक्रम क...