Dabur

अखिल क्रान्तिकारी झिम्रुकको अध्यक्षमा महतरा

प्युठान जिल्लाको झिम्रुक गाउँपालिकामा अनेरास्ववियु क्रान्तिकारीको गाउँपालिका स्तरीय संगठन कमिटी गरिएको छ । शुक्रबार भेला गरी २५ सदस्यीय कमिटी गठन गरिएको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सचिवालय सदस्य पित बहादुर एम.सि.,सल्लाहकार समितिका सदस्य श्रीकृष्ण रिजाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) झिम्रुक गाउँपालिकाका अध्यक्ष झग बहादुर जि.सि., अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य एंव लुम्बिनी प्रदेशका सह–संयोजक  सुमन श्रेष्ठ, अनेरास्ववियु क्रान्तिकारी जिल्ला कमिटी प्यूठानका सदस्य प्रेमबहादुर बिश्वकर्मा, जिल्ला कमिटी सदस्य किरण महतरा लगायतको उपस्थितिमा भेला सम्पन्न गरिएको हो।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका सचिवालय सदस्य पित बहादुर एम.सि.ले राजनीतिको प्रथम चरण विद्यार्थी भएकोले यसलाई सुदृढ संगठनमा रुपान्तरण गर्नु पर्नेमा जोड दिए । उनले गाउँपालिका देखि वडास्तरसम्म  संगठन बिस्तार गरी पार्टीलाई मजबुत संगठन बनाउनु पर्ने बताए । 
देशलाई चाहिने आवश्यक जनशक्ति उत्पादनको पहिलो चरण समेत विद्यार्थीवर्ग भएकाले आजै देखि विधार्थीहरु देशहितमा लाग्नु पर्ने उनको भनाई थियो । उक्त भेलाबाट निर्वाचित हुनुभएका पदाधिकारीहरुको नमावली तल प्रस्तुत गरिएको छ।
अध्यक्ष–सागर महतरा 
उपाध्यक्ष–शम्भु सुनार
उपाध्यक्ष–शक्ति एम.सि.
सचिब–टोपेन्द्र बस्नेत 
सह–सचिब–प्रकाश बिक
कोषाध्यक्ष–छाया जि.सी.
सदस्यहरुः भुवन गिरी, श्रीराम रेग्मी, अक्ष खनाल, विशाल के.सि., हिमाल एम.सि., अर्जुन एम.सि., रामबिर एम.सि., सोनु खडका, कमल एम.सि., पारस जि.सि.,परिवर्तन पुन, श्रीराम पोख्रेल लगायतको सदस्यहरु रहेका छन्् । 


सम्बन्धित खबर

शिक्षकमाथि राज्यको विभेद र अबको शिक्षक अन्दोलन

हुने पेसामा संलग्न शिक्षकहरूलाई समयसमयमा निरन्तर तालिमको व्यवस्था हुनुपर्छ त्यो व्यवस्था राज्यले गरेको छैन । यसमा ध्यान नै दिएको छैन । ८÷१० वर्षमा कुनै शिक्षकले एकपटक जिल्लाबाहिर गएर तालिममा सहभागी भयो भने उसले तालिममा सहभागी भएवाफत् पाउने...

अलविदा कमरेड खगुलाल

म्युनिस्टहरु उत्साहित पूर्वक सहभागि भएकोपनि हामीले ४ वर्ष अगाडि देखेका थियौं । वास्तवमा उहाँको आदर्श र सङ्घर्षशील व्यक्तित्वलाई स्मरण गर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीलाई टुटफुट र विभाजन त्यागेर एकताका लागि प्रेरित गर्दछ । देशमा उपस्थि...

प्यारा नानीबाबुहरू

प्रिय बालबालिकाहरु बालमैत्री अभिवादन, सर्वप्रथम त बालदिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। मानव जीवनको प्रथम चरण बालबालिका हो।यो व्यक्तिको भविस्य निर्धारण गर्ने अवस्था भएकाले यसलाई एउटा काचो माटो...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

अखिल क्रान्तिकारी प्यूठान–काठमाण्डौं सम्पर्क मञ्चको सम्मेलन

प्युठान, अखिल क्रान्तिकारी प्यूठान–काठमाण्डौं सम्पर्क मञ्चको सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्पर्क मञ्चको छैठौ सम्मेलनले समुन्द्र गिरीको अध्यक्षतामा नया कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष संयोग कक्षपति, उपाध्यक्ष सन्तोष बस्नेत, सचिब नबिन...