Dabur

सबै माधव नेपालकाे पार्टीमा लागे प्युठानका एमालेको समानान्तर  जिल्ला कमिटी

प्यूठान, नेकपा एमालेको तत्कालीन माधव नेपाल समूहले प्युठानमा गठन गरेको समानान्तर जिल्ला कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ। माधव नेपाल पक्षले प्युठानमा भोज बिक्रम बुढा मगरको अध्यक्षतामा  ६१ सदसिय  समानान्तर कमिटी गठन गरेको थियो । लोक तांन्त्रिक राष्ट्रीय मगर मोर्चा नेपालको केन्द्रीय अद्य्यक्ष समेत रहेका मगरले शनिवार बसेको बैठकबाट सर्वसम्मतरुपमा सिंगो कमिटी नेकपा (एकीकृत समाजवादी)मा रुपान्तरित हुने निर्णय गरेको बताए । उनले भने, ‘हिजो एमाले हुँदा हामीले बनाएको कमिटी अब नेकपा(एकीकृत समाजवादी) भएको छ ।’ त्यस्तै, तत्कालिन एमाले प्युठानको जिल्ला सचिब र संविधान सभा सदस्य समेत रहेका धन बहादुर रायमाझी पनि यस पटकको नेकपा एमाले विभाजनमा माधव नेपालको पक्षमा उभिएका छन् । एमाले पार्टी विभाजनमा प्युठानका अधिकांश नेता कार्यकर्ताहरु नेकपा( एकीकृत समाजवादी)मा आउने तयार रहेको जिल्ला कमिटिको दावी छ । एकीकृत (समाजबादी पार्टी) का जिल्ला सचिबालय सदस्य झबिलाल राहु मगरले बैठकमा सहभागी सदस्यले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेको निष्कर्ष निकालेको बताए ।यसैकारण आफूहरूले पार्टीलाई नेकपा (एकीकृत समाजवादी) मा रूपान्तण गरेको उनीहरूले बताएका छन् । समानान्तर कमिटीको उपाध्यक्ष कृष्ण रायमाझी र सचिव दिपेन्द्र के.सी. छन् । सचिवालय सदस्यहरुमा भगवती राजभण्डारी, गुमानराज पुलामी, तिलबहादुर घर्ती, धर्मराज भण्डारी, सन्तोष वि.क., आर रिजाल, झविलाल राहुँमगर, झगबहादुर बुढामगर, हिमबहादुर के.सी., आरपी राजभण्डारी रहेका छन् ।


सम्बन्धित खबर

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

विद्यार्थी संगठन सत्ताको रक्षा कवज संगठन होइनः भण्डारी 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी आन्दोलन सत्ताको रक्षाकवज संगठन नभएको बताएका छन् । विद्यार्थीको मौलिक हकको सुनिश्चितता र शैक्षिक व्यापारको अन्त्य गर्न अखिल क्रान्तिकारी लडिरहेको जिकिर गरे ।  आइतवार जुम्र...

अखिल क्रान्तिकारी गौमुखीको अध्यक्षमा कुवँर 

प्यूठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ ।  (अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका  कमिटिको अध्यक्षमा त्रिबिक्रम क...