Dabur

को हुन आर्थिक मामिला मन्त्री कृष्णध्वज खड्का ?

प्यूठान, बिहिवार लुम्बिनी प्रदेशमा भएको नयाँ सरकार आर्थिक मामिला तथा योजनामन्त्री प्यूठानका प्यूठानबाट निर्वाचित कृष्णध्वज खड्काले पाएका छन् ।
 मन्त्रीसंगै लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको भूमिका समेत उनैलाई दिइएको छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्दिय सदस्य तथा प्यूठान जिल्ला ईन्चार्ज समेत रहेका खड्का नेपाली जनताको समृद्धिको चाहना पूरा गर्ने र राजनीतिक स्थायित्व निर्माण गर्ने अभिप्रायका साथमा निर्माण भएको बामगठबन्धनका तर्फबाट प्रदेश सभाको निर्वाचनमा होमिएका थिए । प्यूठान प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएकाम थिए । नेतृत्वका कारण बाम गठबन्धको आयु समाप्त भएपनि जनताका सपनाहरु पूरा हु्न बाँकी छन् । यसै सन्दर्भमा सांसदको पदावधि १६ महिना बाँकी छदा मन्त्री बनेका कृष्णध्वज खड्काले सरकारको भूमिकामा रहेर कति जनचाहनाका कामहरु वा विकास गर्न सक्दछन् त्यो समयले देखाउने नै छ । 
कृष्णध्वज खड्काका भोगाई 
कम्युनिष्ट आन्दोलनको लामो पृष्ठभूमि भएका, कम्युनिष्ट क्रान्तिमा निरन्तर योगदान र निष्ठा बोकेका कृष्णध्वज खड्का माओवादी बृत्तमा योगदानका हिसावले सिनियर मानिन्छन् । जनयुद्ध प्रारम्भ पश्चात अध्यक्ष प्रचण्डको प्रतिनिधिको रुपमा खटिइ तत्कालिन राजदरवार, संसदीय राजनीतिक दलहरु, कुटनितिक नियोग, राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्था संग वार्ता÷संवाद गर्ने उच्च जिम्मेवारी र भूमिका कृष्णध्वज खड्काले कुशलतापूर्वक निभाएका थिए । २०५८ सालमा भएको पहिलो चरणको सरकार र माओवादी वीच भएको वार्ताको ब्यबस्थापन  गर्ने जिम्मा खड्काकै थियो । उक्त वार्ता असफल भएपछि तत्कालिन शेर बहादुर देउवा नेतृत्वको सरकारले संकटकाल घोषणा गरी माओवादी माथी तिव्र दमन र धरपकडको श्रृङखला सञ्चालन ग¥यो । यसैक्रममा कृष्णध्वज खड्का र माओवादी नेतृ तथा उनकी जीवनसंगिनी रेखा शर्मालाई तत्कालिन शाहीसेनाले गिरफ्तार गरी एक बर्ष वेपत्ता बनायो । वेपत्ता अवस्थामा राखी खड्का दम्पत्तीलाई निर्मम यातना दिइयो । कठोर यातनाका कारण खड्काको दुवै खुट्टा र हात भाँचियो । ढाडमा गम्भिर चोट लाग्यो । अहिले उनको हात खुट्टा फलामे रडको भरमा अडिएका छन् । निर्मम पिटाइका कारण खड्का र शर्मा दिर्घरोगी बनेकाछन् । अतः कृष्णध्वज खड्का एकजना जिउँदा सहिद हुन् । कम्युनिष्ट क्रान्तिमा उनले बलिदानको कोटा चुक्ता गरेका छन् । 
प्यूठानीले के आशा गर्ने ?
प्यूठान जिल्ला कम्युनिष्टका नेताहरु जन्माउने थलोका रुपमा चिनिन्छ । मोहन विक्रम सिंह, मोहन वैद्य, बामदेव गौतम, मणी थापा, लिलामणी पोख्रेल, कृष्णध्वज खड्का, लगायतका केन्द्रिय नेताहरु प्यूठानमा जन्मिएका हुन् । राष्ट्रिय राजनीतिमा यी पात्रहरुको महत्वपूर्ण भूमिका रहेको छ । प्यूठान जिल्लाले यति धेरै राष्ट्रिय भूमिका प्राप्त नेताहरु जन्मायो तर अपेक्षाकृत रुपमा जिल्लाको विकास हुन सकेन । सत्ताको पहुँचबाट सधै टाढा बस्नु पर्ने नियती प्यूठानीले भोग्नु पर्यो । कम्युनिष्ट राजनीतिको शिर्ष भूमिकामा रहे पनि प्यूठान जिल्लामा जन्मेका कम्युनिष्ट नेताहरु राज्यसत्ताको बागडोर सम्हाल्ने ठाउँमा पुग्न सकेनन् । अथवा चाहेर पनि सरकार सञ्चालन गर्ने भूमिकामा बलशाली ढंगले उभ्याउन सकेनन् । २०७० सालको निर्वाचनमा बामदेव गौतमलाई निर्वाचित गरी आफ्नो विकासको भोक मेटाउने प्यूठानीको चाहना पनि अस्थिर राजनीतिका कारण पुरा हुन सकेन ।अवैधानिक बाटोबाट मन्त्री बनेका मणी थापा र हरी रिजालको मन्त्री पदपनि लामो समय टिक्न सकेन । त्यसको नेतृत्वको जिम्मेवारी र भूमिका ऐतिहासिक आवश्यकता, आकस्मिकता र क्षमताको उपयुक्त संयोजन सहित प्रभावशाली नेता कृष्णध्वज खड्कालाई प्राप्त हुन पुगेको छ । केन्दमा मनमोहनको जसरी छोटो अवसरलाई सदुपयोग गर्दै प्यूठानी जनताको बर्षौदेखिको समृद्धी सपना साकार पार्ने अवसरलाई प्रदेशमा लोकप्रिय बनाउने कुरालाई वेलैमा हृदयङ्गम गर्न मनासीव देखिन्छ । 
 


सम्बन्धित खबर

माओवादी केन्द्रका पालिका कमिटिले पाए पूर्णता

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्युठानका स्थानीय तह स्तरीय कमिटिहरुमा नयाँ जिम्मेवारी दिएको छ । शुक्रवार बसेको प्युठान जिल्लाको प्रदेश स्तरीय बैठकले पालिकाका कमिटिका पदाधिकारीहरु तोकेको हो । कुन पालिकामा को भयो अध्यक्...

नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा बुढामगर, को–को भए लुम्बिनीका १२ जिल्लामा  अध्यक्ष ? 

नेकपा एकीकृत समाजवादीले लुम्बिनीका सबै जिल्लामा अध्यक्ष चयन गरेको छ ।नेकपा एकीकृत समाजवादी प्युठानको अध्यक्षमा भोज विक्रम बुढामगर चयन भएका हुन् । लुम्बिनी प्रदेश समितिको बैठकले १२ वटै जिल्लामा अध्यक्ष चयन गरेको हो । १० जिल्लामा यसअघि नै अध्...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

विद्यार्थी संगठन सत्ताको रक्षा कवज संगठन होइनः भण्डारी 

अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीले विद्यार्थी आन्दोलन सत्ताको रक्षाकवज संगठन नभएको बताएका छन् । विद्यार्थीको मौलिक हकको सुनिश्चितता र शैक्षिक व्यापारको अन्त्य गर्न अखिल क्रान्तिकारी लडिरहेको जिकिर गरे ।  आइतवार जुम्र...

अखिल क्रान्तिकारी गौमुखीको अध्यक्षमा कुवँर 

प्यूठान, नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका स्तरीय कमिटि गठन गरिएको छ ।  (अखिल क्रान्तिकारी) गौमुखी गाउँपालिका  कमिटिको अध्यक्षमा त्रिबिक्रम क...