Dabur

विद्यार्थीसंग छैन् प्रविधि 

प्यूठान, प्यूठान नगरपालिका–५ जुम्रीकाढाँ ढाडछापकी लक्ष्मी बुढामगर कक्षा १० मा पढ्दैछिन । स्थानीय सिद्ध माध्यामिक विद्यालय जुम्रीकाँढामा  एसईई जाँचमा उत्र्तिण हुने आशा राखेकी उनलाई घरायसी कामले पढ्ने फुर्सद पनि कमै हुन्छ ।
‘बिहानै उठेर घरायसी कामबाट दैनिकी शुरु हुन्छ ’ उनले भनिन् ‘दिउसो सम्म काम गरेपछि साँझमा एकैछिन पढ्ने काम गरेकी छु ।’ उनी एकैछिनको पढाईबाट सन्तुष्टि हुन सकेकी छैनन् ।‘विद्यालयमा सिकाउने पढाईले सिकिन्थ्यो तर यहाँ त पढ्ने क्रममा आएका समस्याहरु हल गर्नै मुश्किल छ । विज्ञान र गणितका समस्याहरु त झनै गाह्रो ।’ लक्ष्मीले थपिन ‘शिक्षकहरुसंग सहजीकरण गर्ने माध्यम समेत भएन, नेट चल्ने मोवाइल छैन् भएपनि नेटले काम गर्दैन् ।’
लक्ष्मीको जस्तै दिन चर्या उनका साथीमा समेत छ । लामो समयको बन्दाबन्दीले पठनपाठन अवरुद्ध हुँदा भविष्यको चिन्ता लागेको छ तर पढ्ने वातावरण कोरोना भाइरसको नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीले खाइदिएको छ । 
पठनपाठन अवरुद्ध हुँदा विद्यार्थी मात्रै होइन अभिभावक पनि चिन्तित छन् । तर चिन्ता लिएर के गर्नु ? रोगको डरले अध्ययन गर्न जम्मा हुन सकिने अवस्था छैन् । 
कक्षा १० मा ३१ जना विद्यार्थी मध्ये ६० प्रतिशतसंग इन्टरनेटको माध्ययमबाट पढ्ने साधन नहुँदा सुरक्षति रुपमा पठनपाठन गर्न समस्या भएको सिद्ध माध्यामिक विद्यालयका प्रधानाध्यापक नर बहादुर घर्तिमगरले बताए । 
पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने यहाँका अधिकांश बालबालिका बन्दाबन्दीका कारण घरायसी काममा व्यस्त भएका हुन् । कुटो, कोदालो, नाम्लो, डोको, हँसियाको साथमा घाँस, दाउरा संकलन गरी अभिभावकलाई सघाउने काममा रहेको यहाँका बालबालिकाहरू बताउँछन् ।
देशका अन्य सुविधा सम्पन्न ठाउँमा इमेल, इन्टरनेट, टिभी र रेडियोबाट शिक्षा आर्जन भइरहेकोछ । दुर्गममा कुनै स्रोत साधन नहुँदा विद्यालयमा पढेको सबै बिर्सिसक्ने बेला भइसकेको छ, एकै नासको शिक्षामा समेत पढाईमा पहुँच हुने र नहुने वीच भेदभाव हुँदा विद्यार्थीहरु चिन्तित छन् । 
वजारिया क्षेत्रमा अनलाईन, गाउँमा भौतिक उपस्थितिमै शिक्षा
प्यूठान नगरपालिकाको जनता माध्यामिक विद्यालय, मुक्ति माध्यामिक बिद्यालय, मल्लरानी गाउँपालिकाका महेन्द्र माध्यामिक विद्यालय, भानुभक्त मा.वि. लगायतका बजार क्षेत्रका विद्यालयमा अनलाईन माध्यमबाट पठनपाठन शुरुवात गरिएको छ । गौमुखी गाउँपालिकाका विद्यालयहरु भने भौतिक दुरी कायम गरी विद्यालयमै शुरु हुने भएको हो । आलोपालो प्रणालीमा पठनपाठन हुने जनाइएको छ । 
अनलाइन पढ्ने साधन नै भएन
वजारीया क्षेत्रका विद्यालयमा ५० प्रतिशत बढी वालवालिका भुर्चुअल पठपाठनको पहुँच बाहिर रहेका छन् । गाउँ घरमा बस्ने, मोर्वाइल तथा ल्यापटप छैन् जस्ले गर्दा एकै पटकमा विद्यार्थीलाई पढाउन नसकएिको जनता माध्यामिक विद्यालयका शिक्षक माधव पोख्रेलले बताए । ‘अनलाईन र अन्य बैकल्पिक माध्ययमबाट सबैलाई समेट्ने प्रयास गरेका छौं ।’ पोख्रेलले भने‘५० प्रतिशत विद्यार्थीमा अनलाइन कक्षा लिने माध्यम नहुँदा नोट, गृह कार्य परियोजना गराएर दिने गरेका छौ ।’
अन्य विद्यालयले पनि सबैलाई प्रविधि अभावले सम्पूर्ण विद्यार्थि समेट्न नसकेको स्विकारेका छन् ।  नेट, मोवाइल वा कम्प्युटर लगायतका माध्यमहरुलाई  समस्या देखाएका छन् । 
विद्यार्थीलाई सियूजी सिम
अनलाईनमा सहभागि हुन नसक्ने विद्यार्थीका लागि मल्लारानी गाउँपालिकाका विद्यालयमा क्लोज युजर ग्रुप(सियुजी) सिम वितरण गरेरै भएपनि कक्षा सञ्चालनमा विद्यार्थीहरुलाई जोड्ने प्रयास भइरहेको छ । मल्लरानी गाउँपालिकाले रु ६ लाख वजेट विनियोजन गरेर विद्यार्थीहरुलाई सिम वितरण गर्ने भएको हो । अनलाइन कक्षामा सहभागि हुन नसकेका विद्यार्थीले सियुजी सिम मार्फत कल गरेर ग्रुप छलफल र अध्ययन गर्ने गरी छलफल चलिरहेको भानुभक्त मा.वि बर्बोटका प्रधानाध्यापक चक्रपाणी पौडेलले जानकारी दिए । उनका अनुसार सियुजी सिम एक पटकमा आठ जनालाई कक्षामा सहभागि गराई पढाउन सकिन्छ ।
सरकारले कोरोनाको महामारीका वीचमा बैकल्पिक शिक्षाको भरपर्दो माध्ययम भर्चुअल विधिलाई मुख्य विकल्प प्रस्तुत गरिरहँदा नेपालका अधिंकांश दुरदराज र विपन्न समुदायमा प्रविधिको पहुँच नहुनु, अर्को तर्फ प्रविधिको पहुँच पुगेको ठाउँमा विपन्न समुदायमा प्रविधिका साधन जस्तै मोवाइल, ल्याप्टप इन्टरनेट लगायतका प्रविधिको क्रयशक्ति  नहुनुले सरकारको वैकल्पिक शिक्षा के, कुन वर्ग, क्षेत्र र समुदायका लागि ? अहिले शिक्षा क्षेत्रमा यो बिषयले मूख्य चासो जगाएको छ । 


सम्बन्धित खबर

शिक्षकमाथि राज्यको विभेद र अबको शिक्षक अन्दोलन

हुने पेसामा संलग्न शिक्षकहरूलाई समयसमयमा निरन्तर तालिमको व्यवस्था हुनुपर्छ त्यो व्यवस्था राज्यले गरेको छैन । यसमा ध्यान नै दिएको छैन । ८÷१० वर्षमा कुनै शिक्षकले एकपटक जिल्लाबाहिर गएर तालिममा सहभागी भयो भने उसले तालिममा सहभागी भएवाफत् पाउने...

अलविदा कमरेड खगुलाल

म्युनिस्टहरु उत्साहित पूर्वक सहभागि भएकोपनि हामीले ४ वर्ष अगाडि देखेका थियौं । वास्तवमा उहाँको आदर्श र सङ्घर्षशील व्यक्तित्वलाई स्मरण गर्ने हो भने नेपालका कम्युनिस्ट पार्टीलाई टुटफुट र विभाजन त्यागेर एकताका लागि प्रेरित गर्दछ । देशमा उपस्थि...

प्यारा नानीबाबुहरू

प्रिय बालबालिकाहरु बालमैत्री अभिवादन, सर्वप्रथम त बालदिवसको अवसरमा सम्पूर्ण बालबालिकाहरुलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। मानव जीवनको प्रथम चरण बालबालिका हो।यो व्यक्तिको भविस्य निर्धारण गर्ने अवस्था भएकाले यसलाई एउटा काचो माटो...

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रेम विश्वकर्मा

प्युठान, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेराश्ववियु क्रान्तिकारी)को जिल्ला समन्वय कमिटि प्युठानका अध्यक्षमा प्रेम विश्वकर्मा निर्विरोध निर्वाचित भएका छन् । आइतवार जुम्रीमा भ...

अखिल क्रान्तिकारी प्यूठान–काठमाण्डौं सम्पर्क मञ्चको सम्मेलन

प्युठान, अखिल क्रान्तिकारी प्यूठान–काठमाण्डौं सम्पर्क मञ्चको सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्पर्क मञ्चको छैठौ सम्मेलनले समुन्द्र गिरीको अध्यक्षतामा नया कमिटी गठन गरेको छ । जसको उपाध्यक्ष संयोग कक्षपति, उपाध्यक्ष सन्तोष बस्नेत, सचिब नबिन...