Dabur

पहिरोले उडायो गायत्रीको सपना

प्यूठान, श्रीमान विदेशबाट घरको ऋण र आफ्नो कमाई घरायसी खर्चको राम्रो श्रोत लद्यु उद्यम थियो । प्यूठान नगरपालिका–५ ढुंगेठाटीमा गायत्री न्यौपाने भट्टराईले गर्दै आएको लद्यु उद्यमबाट राम्रै आम्दानीको श्रोत भएको थियो । तर गत सोमबार पहिरोले उनको लद्यु उद्यम रहेको घर पुरिदिएपछि आमदानीको श्रोत हराएको छ । 
चार बर्ष अगाडि देखि सञ्चालनमा आएको लिस्ने लघु आटो उद्योगमा पिसानी गर्ने मिलहरु जस्तै मकै, गहुँ, जौ कोदो, फापरका पिठो उत्पादन, पशुआहारा उत्पादन गर्ने उद्योग नै पहिरोले पुरिदिएको हो । इलाका प्रहरी कार्यालयले वनाएको सर्जिमिन अनुसार उद्योगका सम्पूर्ण सामग्रीहरु नष्ट भएको उल्लेख गरिएको छ । पहिरोले मिलको ग्रेडिङ मेसिन, मोटर, मसला बेसार पिस्ने मेसिन, तौल मेसिन, मैदा पिस्ने मेसिन, प्याकेजिङ मेसिन, तौल लिने मेसिन, अन्न लगायतका सामग्रीहरु गरी करिव ९ लाख अठ्तिस हजार रुपैया बराबरको क्षति भएको उद्यमीले जानकारी दिइन् । 
लामो समय दुई पटकसम्म लामो समयको बन्दाबन्दीपछि बैदेशिक रोजगारबाट श्रीमान फर्किएका छन् । श्रीमान घर फर्केसंगै परिवारको आयश्रोतको मुख्य माध्यम
आटो उद्योग थियो तर पहिरोले क्षत विच्छेत पारेपछि नयाँ समस्या आइपरेको उद्यमी गायत्रा न्यौपाने भट्टराईले गुनासो गरिन । “आय श्रोतको माध्यम नै गुम्यो”, भट्टराईले भनिन् “यस्तो महामारीको समयमा भएको क्षतिले साह्रै समस्यामा परियो ।” उद्यमबाटै स्वरोजगार वनी सफलता प्राप्त गर्ने सपना उद्योग नै पूर्ण नष्ट भएपछि आफ्नो सपना नै पुरिएको भट्टराई दुखेसो पोखिन ।
 


सम्बन्धित खबर

प्यूठानमा प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसीप ,अध्यक्ष कप हुने

प्यूठान, जिल्लाको माण्डवी गाउँपालिकामा प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप,अध्यक्ष कप सञ्चालन हुने भएको छ। नेपाल मार्सल आर्ट्स हाप्किडो संघ प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले सोमबार बिहान पत्रकार सम्मेलन गरि च्याम्पियनसिप हुने बारे जानकारी...

राज्यले चरम विभेद गरेको भन्दै शिक्षक महासंघ आन्दोलनमा 

 प्यूठान, राज्यले चरम विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ देशव्यापी आन्दोलनमा उत्रेको छ ।  राज्यले शिक्षा क्षेत्र र शिक्षकसँग सम्बन्धित विगतमा मन्त्रालयसँग भएका सम्झौता कार्यान्वयन नगरेको र बजेटमा विभेद

स्वास्थ्यकर्मी माथी दादागिरी देखाउनेलाई सडक बाटै कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

प्यूठान, भेरी अस्पताल बाँकेमा बिहिबार भएको स्वास्थ्यकर्मी माथीको कुटपिटको घटना देशभर आलोचित भइरहेका बेला अखिल क्रान्तिकारीले दोषिलाई उन्मुक्ति दिए आफुले सडकबाटै कारबाही गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा...

अस्थायी, ज्यालादारी कर्मचारीहरु संगठित

अस्थायी, ज्यालादारी कर्मचारीहरु संगठित प्यूठान, जिल्लाका सरकारी कार्यालय तथा सरकारी संघसंस्थामा काम गर्ने अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु संगठित भएका छन् । स्थायीत्व, सम्मान, सुनिश्चित र राज्यबाट पाउने सेवा सुविधा लिनका लागि संघर्...

क्रान्तिकारी विद्यार्थी नेता श्रेष्ठले लगाएर सुर्य थापामाथी यस्तो आरोप

प्यूठान, प्रधानमन्त्रीका प्रेस सल्लाहकार मानवीयता भुलेर सामाजिक सञ्जालमा राखेको स्टाटस प्रति अखिल क्रान्तिकारी आक्रोशित बनेको छ । थापाले बिहिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्बोच्च अदालतमा गई नेकपा फुटाउने फैसला पुनरावलोकन गर्न रिट...