Dabur

‘ज्यानको वाजी राखेर खोला कति दिन तर्नु ?’

पदम बहादुर के.सी.
प्यूठान, स्वर्गद्वारी नगरपालिका–८ खैरेनी स्थित दंगल खोलामा स्थानीय दल बहादुर के.सी.को मोटर साइकल बग्यो । यस बर्ष पनि सोही गाउँका याम बहादुर बस्नेत पनि मोटरसाइकल बगाएपछि लाखौको मोटरसाइकल गुमाउनु परेको छ । यति मात्रै होइन प्रत्येक बर्षमा जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनु परेको छ । 
मोटरसाइकलको यात्रा नगरी नहुने तर खोलामा पानीको बहाव बढी भएर मोटरसाइकल तार्न समस्या भइरहँदा पनि समस्या समाधान नहुँदा यहाँका वडाबासी चिन्तित छन् । अर्को गाउँमा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी रहेका याम बहादुर बस्नेतको खोलाले बगाएको बाइक सिज हुँदा लाखौको क्षति भएको बताए । “कार्यालयमा जान मोटरसाइकल प्रयोग नगर्दा पुग्न समस्या हुने गर्दा खोला तार्न नसकिदा समस्या भएको छ” उनले भने“ज्यानको बाजी थापेर कति दिन खोला तर्नु ? कष्ठ भएको छ ।”
गाउँलाई जोड्न तत्कानि गाउँ विकास समिति र जिल्ला विकास समितिको कार्यालय खलंगामा पक्की पुल बनाउने सम्झौता, राजनितिक दलको आश्वासन मात्रै स्थानीयले पाए । तर अधिकार सहितको स्थानीय सरकार आउँदा पनि समस्या समाधान हुन नसकेको स्थानीय आनन्द थापाले गुनासो गरे । “नगरपालिकाको केन्द्र तर्फ जान ज्यानकै वाजी थापेर हिड्नु पर्ने बाध्यता छ ” थापाले भने “तर समाधानको उपाय खोजिदिने निकायले जनताको पीडा बुझिदिएन ।” 
मान्छे तर्न फड्केको भर
खोलामा पुन नहँुदा मान्छेलाई समेत आवतजावतमा समस्या भएको छ । बालबालिकाहरुलाई आवतजावतका लागि काठको पुल बनाइ हिड्ने गरेका छन् । स्थानीय आनन्द थापा, रमेश रोका, पदम रोका लगायतका यूवाहरुले काठको फड्के बनाइ वारपार गर्ने गरेका छन् । वर्तमान विज्ञान र प्रविधिको युग र स्थानीय सरकार गाउँ गाउमा आएको भनेर प्रचार गरिए पनि जिम्मेवार जनप्रतिनीधि र निकायहरुको उपेक्षाका कारण समस्या ज्युका त्युँ हुन पुगेको स्थानीयको भनाई छ । 


सम्बन्धित खबर

अपरिपक्क नेपाली राजनीति र जेठ ३

अपरिपक्क नेपाली राजनीति र जेठ ३ यज्ञ बहादुर के.सी.( प्रभात) जब मदन अश्रित मृत्युु भयो, ने.क.प.एमालेले उक्त मृत्यु लाई अस्वबाभिक षड्यन्त्र पुर्ण हत्याको आशंका गरि तत्काल दाेषी पत्ता लगाई कडा कार्बाहिको माग गर्यो । तत्कालीन नेपाली कांग्रेस...

दाङवाङमा १५ घरगोठ जले, ६० लाख क्षति भएको अनुमान

युवराज आचार्य प्यूठान, ऐरावती गाउँपालिका वडा नं. १ दाङवाङ बेलवोटमा आगलागि हुँदा १५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।  आइतवार दिउसो स्थानीय श्याम बहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किँदा ७ वटा घर र ८ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध...

अस्थायी, ज्यालादारी कर्मचारीहरु संगठित

अस्थायी, ज्यालादारी कर्मचारीहरु संगठित प्यूठान, जिल्लाका सरकारी कार्यालय तथा सरकारी संघसंस्थामा काम गर्ने अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु संगठित भएका छन् । स्थायीत्व, सम्मान, सुनिश्चित र राज्यबाट पाउने सेवा सुविधा लिनका लागि संघर्...

मल्लरानी गाउँपालिका-१ मा टोल सुधार समिति गठन:

प्यूठान जिल्लाको मल्लरानी गाउँपालिका वडा न.१ ठुलाचौर प्यूठानमा टोल सुधार समितिको गठन गरिएको छ।

वेडमा छटपटाउदै दाेहाेरी गायक श्रीपाली,सहयोगको लागि अपिल