Dabur

स्वास्थ्यकर्मी माथी दादागिरी देखाउनेलाई सडक बाटै कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

प्यूठान, भेरी अस्पताल बाँकेमा बिहिबार भएको स्वास्थ्यकर्मी माथीको कुटपिटको घटना देशभर आलोचित भइरहेका बेला अखिल क्रान्तिकारीले दोषिलाई उन्मुक्ति दिए आफुले सडकबाटै कारबाही गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सहसंयोजक सुमनराज श्रेष्ठले सामाजिक सञ्जाल फेशबुक मार्फत सत्ताको आडमा स्वास्थ्यकर्मीमाथि साघातिक हमलामा संलग्न नेकपा एमाले(ओली समुह)का नेता मान बहादुर रावतलाई कानुन अनुसार कारबाहीको माग गरेका हुन् । नेकपा (एमाले )लुम्बिनी प्रदेश कमिटि सदस्य मान बहादुर रावत सहित सत्ता पक्ष गुन्डाहरुको समुहद्रारा भेरी अस्पतालका डाक्टर र नर्समाथि सांघातिक हमला हुनु लज्जाको विषय हो श्रेष्ठले भनेका छन् । साथै उनले कथित मुख्यमन्त्री शंकर पोख्रेलका बिश्वासपात्र मानिएका तथा पटक पटक विभिन्न काण्डै काण्डमा मुछिएका रावत सहितको समुहलाइ कुनै पनि बहानामा उन्मुक्ति दिइए अखिल ( क्रान्तिकारी ) लुम्बिनी प्रदेश कमिटीले सडकबाटै कारबाही गर्नेछ र छोडिने छैन समेत भनेका छन् ।


सम्बन्धित खबर

राज्यले चरम विभेद गरेको भन्दै शिक्षक महासंघ आन्दोलनमा 

 प्यूठान, राज्यले चरम विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ देशव्यापी आन्दोलनमा उत्रेको छ ।  राज्यले शिक्षा क्षेत्र र शिक्षकसँग सम्बन्धित विगतमा मन्त्रालयसँग भएका सम्झौता कार्यान्वयन नगरेको र बजेटमा विभेद

विद्यालयको बसको पर्खाइमा वालवालिका, बस खरिद गर्न नसक्दा बिद्यालय पुग्न कठिन

बस संचालनबारे विद्यालयले आवस्यक पहलकदमी गरिरहेको विद्यालयका प्रधानाध्यापक योगकुमार पाण्डेले जानकारी दिए। "हामीले बस व्यवसायीहरुसंग छलफल गरिरहेका छौं। पाण्डेले भने, "केहि दिन भित्रै बस संचालन गर्नेमा छौं।" गाउँपालिकाले दिगो बस संचालन तथा व्...

शिक्षा मन्त्रालयले गर्यो १ देखि १० कक्षा सम्मको ‘इ–क्लास नेपाल’ एप सार्वजनिक

काठमाडौं, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको एप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले मंगलबार  ‘इ–क्लास नेपाल’ एप सार्वजनिक गरेका छन् ।  कोरोना भाइरसको महामारीका सयममा घरमै सुरक्षित भइ शिक्षा प्राप्त गर्न...

गौमुखीमा नि:शुल्क स्वास्थ शिबिर

प्यूठान जिल्लाको गौमुखी गाउँपालिकामा नि:शुल्क स्वास्थ शिबिर हुने भएको छ।

माण्डवी माबिले स्कुल बस सञ्चालन गर्‍यो

प्यूठान जिल्लाको माण्डवी गाउँपालिका वडा नं. ३ स्थित नयाँगाउँमा रहेको माण्डवी माध्यामिक विद्यालयले स्कुल बस सञ्चालन गरेको छ ।