Dabur

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो । कोल्डस्टोरको सञ्चालनको जिम्मा प्यूठान नगरपालिका–७ टिकुरी स्थित नवहातेमालो बहुउद्देश्यीय सहकारी संस्था लि.ले जिम्मा लिएको छ । लुम्बिनी प्रदेश सरकारको ९० लाख र प्यूठान नगरपालिकाको ५९ लाख रुपैया लागत साझेदारीमा एक सय टन क्षमताको कोल्ड स्टोर निर्माण गरिएको प्यूठान नगरपालिकाका कृषि शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए । केही समय अघिदेखि माण्डवी गाउँपालिकाले पनि चिस्यान केन्द्र सञ्चालनमा ल्याएको थियो । यो संगै जिल्लामा अव दुई चिस्यान केन्द्र रहेका छन् । विजुवारमा सञ्चालनमा आएको चिस्यान केन्द्र कृषि सामग्री राखे वापत प्रति के.जी.को ५ रुपैयाको दर राखिएको नवहातेमालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टिकाराम पोख्रेलले जानकारी दिए । उनका अनुसार बन्दाबन्दीको समयमा कृषि उत्पादन कुहिन नदिन कोल्ड स्टोर व्यवस्थापक राधा जि.सी.(९८४४९०९१८५) सम्पर्क गरेर सामग्री ल्याइ कोल्ड स्टोरमा राख्न सकिन्छ ।


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

दाङवाङमा १५ घरगोठ जले, ६० लाख क्षति भएको अनुमान

युवराज आचार्य प्यूठान, ऐरावती गाउँपालिका वडा नं. १ दाङवाङ बेलवोटमा आगलागि हुँदा १५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।  आइतवार दिउसो स्थानीय श्याम बहादुर आलेको खरले छाएको गोठबाट आगो सल्किँदा ७ वटा घर र ८ वटा गोठ जलेर पूर्णरुपमा नष्ट भएको वडाअध...