Dabur

अपरिपक्क नेपाली राजनीति र जेठ ३

जब मदन अश्रित मृत्युु भयो, ने.क.प.एमालेले उक्त मृत्यु लाई अस्वबाभिक षड्यन्त्र पुर्ण हत्याको आशंका गरि तत्काल दाेषी पत्ता लगाई कडा कार्बाहिको माग गर्यो । तत्कालीन नेपाली कांग्रेसको सरकार र त्यसका सभापति गिरिजाप्रसाद कोईरालाले आवश्यक छानबिनको प्रक्रिया सुरु गर्दा समेत एमालेले धैर्य नगरी अन्दोलनको घोषणा गर्यो । उक्त हत्याकाण्डको दोषि नेपाली कांग्रेस र प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला हो भन्न समेत मन्चमा पछि परेनन। फलस्वरूप उक्त अन्दोलनमा झन्डै १ दर्जन मान्छेहरुले ज्यान जोखिममा हाल्नु पर्यो । बिडम्बना ! आज राज्यको सर्बोच्च पदमा मदनकि धर्मपत्नी आसिन हुनुहुन्छ । साथै मदन भण्डारीले ल्याएकाे जवजलाई देखाएर राजनीति गरिरहेका सहकर्मी खड्क प्रसाद ओली प्रधानमन्त्री हुनुहुन्छ । राज्यको सर्बाधिकार उहाहरूकै पार्टीको हातमा छ । म बबुरो समेत उक्त अन्दोलनको बाल सिपाहि जस्तो भएर अन्दोलनको योजनाअनुसार मैले पढ्ने स्कुल एक्लै बन्द गराएको थिएं । हिजो नेपाली कांग्रेसलाई आरोप लगाउदा र आज राज्यको सर्बाधिकार आफुमा हुदांको फरक भन्दिनु पर्यो । एमाले मित्रहरु अर्को कुरा दाशढुगां हत्या हो वा दुर्घटना प्रस्ट भन्दिनु पर्यो । यदि हत्याकाण्ड हो भने तत्काल दोषी पत्ता लगाई कार्बाहि प्रकृयाअगाडि बडाईयोस। होईन भने आफ्नो राजनीति अपरिपक्कता प्रति क्षमा यचना गरि गल्ती सच्चाईयोस । यसैमा भलाइ छ।आशा छ, हिजो बोले बमोजिम मदन- आश्रितले न्याय पाउनु हुनेछ । अन्यथा आफ्नै नेतालाई न्याय दिन नसकेको पार्टी र सरकारले जनतालाई के देला ? फेरि पनि आदरणिय मदन-आश्रित प्रति भाबपुर्ण श्रद्धाञ्जली !


सम्बन्धित खबर

माण्डवीमा एमाले कार्यपालिका सदस्य सहित २०० बढी माओवादी केन्द्रमा प्रवेश

एमाले कार्यपालिका सदस्य सहित २०० बढी माओवादी केन्द्रमा प्रवेश

माओवादी केन्द्र ऐरावती संगठन कमिटिको अध्यक्षमा-पाण्डे

प्यूठान जिल्लाको ऐरावती गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ऐरावती संगठन कमिटिले प्रथम सम्मेलन तथा अधिवेसन सम्पन्न गरेको छ

माओवादी रूपन्देही इन्चार्ज माेटरसाइकल दुर्घटनामा परी मृत्युु

विप्लव नेकपा प्युठानका पूर्व जिल्ला सेक्रेटरी माओवादी केन्द्रमा प्रवेश

विप्लव नेकपा प्युठानका पूर्व जिल्ला सेक्रेटरी माओवादी केन्द्रमा प्युठान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्युठानका पूर्व जिल्ला सेक्रेटरी, राज्यकमिटि सदस्य तथा केन्द्रीय स्कुल विभाग सदस्य दधिराम सुवेदी (सार्जुल) माओवादी केन्द्रमा...

झिमरूक एमालेमा पहिराे, जिल्ला नेता नै माओवादी केन्द्रमा

पार्टीमा मंगलबार एमाले जिल्ला कमिटी सदस्य, राजमाे वडा सदस्यका उमेदवार सहित दर्जनौं कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।नेकपा माओवादी केन्द्रका विजयादशमी ,दिपावली ,नेपाल सम्वत्, ,छठको अवसरमा शुभकामना