Dabur

अस्थायी, ज्यालादारी कर्मचारीहरु संगठित

प्यूठान, जिल्लाका सरकारी कार्यालय तथा सरकारी संघसंस्थामा काम गर्ने अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु संगठित भएका छन् । स्थायीत्व, सम्मान, सुनिश्चित र राज्यबाट पाउने सेवा सुविधा लिनका लागि संघर्ष गर्ने उद्देश्य सहित कर्मचारीहरु संगठित भएका हुन् । 
संगठनको शनिवार खलंगामा भेला गरिएको छ । भेलाबाट  अखिल नेपाल अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ प्यूठानको प्रथम भेलाले सन्तोष पुनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा राज बहादुर कामी, उपाध्यक्ष(महिला) सोनिया बिष्ट, सचिव धन बहादुर थापा, कोषाध्यक्ष प्रेम रिजाल र सह कोषाध्यक्षमा रिमा नेपाली रहेका छन् । त्यसैगरी सदस्यहरुमा पदम प्रसाद खनाल, नारायणी पोख्रेल, राजु खड्का, बिष्णु खनाल, निम कुमारी चौलागाइ, सुरेस नेपाली रहेका छन् । भेलाले ४ सदस्य जिल्ला सल्लाहकार समेत चयन गरेको छ । शेषमणी शर्मा, यमराज भट्ट, सुर्य प्रसाद श्रेष्ठ र धु्रव के.सी. रहेका छन् । 
कर्मचारी राम गोपाल चौधरीको अध्यक्षता तथा अखिल नेपाल अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघ  लुम्बिनी प्रदेशका सह–कोषाध्यक्ष विकास गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । गुरुङले स्थायीत्व, सम्मान, रोजगारीको सुनिश्चित र स्थायी कर्मचारीहरुले राज्यबाट पाउने सेवा सुविधा सरह सुविधाका लागि अधिकार माग्नका लागि एकता नै सबै भन्दा ठूलो बल भएको बताए । कार्यक्रममा एक सय १६ जना जिल्लाका सरकारी कार्यालय तथा सरकारी संघसंस्थामा काम गर्ने अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरु उपस्थित थिए । 
 


सम्बन्धित खबर

प्यूठानमा प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसीप ,अध्यक्ष कप हुने

प्यूठान, जिल्लाको माण्डवी गाउँपालिकामा प्रदेश स्तरीय हाप्किडो च्याम्पियनसिप,अध्यक्ष कप सञ्चालन हुने भएको छ। नेपाल मार्सल आर्ट्स हाप्किडो संघ प्यूठानका अध्यक्ष मुक्ति पोख्रेलले सोमबार बिहान पत्रकार सम्मेलन गरि च्याम्पियनसिप हुने बारे जानकारी...

पहिरोले उडायो गायत्रीको सपना

प्यूठान, श्रीमान विदेशबाट घरको ऋण र आफ्नो कमाई घरायसी खर्चको राम्रो श्रोत लद्यु उद्यम थियो । प्यूठान नगरपालिका–५ ढुंगेठाटीमा गायत्री न्यौपाने भट्टराईले गर्दै आएको लद्यु उद्यमबाट राम्रै आम्दानीको श्रोत भएको थियो । तर गत सोमबार पहिरोले उनको ल...

राज्यले चरम विभेद गरेको भन्दै शिक्षक महासंघ आन्दोलनमा 

 प्यूठान, राज्यले चरम विभेद गरेको भन्दै नेपाल शिक्षक महासंघ देशव्यापी आन्दोलनमा उत्रेको छ ।  राज्यले शिक्षा क्षेत्र र शिक्षकसँग सम्बन्धित विगतमा मन्त्रालयसँग भएका सम्झौता कार्यान्वयन नगरेको र बजेटमा विभेद

स्वास्थ्यकर्मी माथी दादागिरी देखाउनेलाई सडक बाटै कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

प्यूठान, भेरी अस्पताल बाँकेमा बिहिबार भएको स्वास्थ्यकर्मी माथीको कुटपिटको घटना देशभर आलोचित भइरहेका बेला अखिल क्रान्तिकारीले दोषिलाई उन्मुक्ति दिए आफुले सडकबाटै कारबाही गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा...

क्रान्तिकारी विद्यार्थी नेता श्रेष्ठले लगाएर सुर्य थापामाथी यस्तो आरोप

प्यूठान, प्रधानमन्त्रीका प्रेस सल्लाहकार मानवीयता भुलेर सामाजिक सञ्जालमा राखेको स्टाटस प्रति अखिल क्रान्तिकारी आक्रोशित बनेको छ । थापाले बिहिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्बोच्च अदालतमा गई नेकपा फुटाउने फैसला पुनरावलोकन गर्न रिट...