Dabur

प्यूठानमा यस्तो बन्यो एमाले, अध्यक्ष बने भोजविक्रम बुढा

प्यूठान, नेपाल कम्युनिष्ट पार्टी(एमाले) नेपाल समुह प्यूठानको अध्यक्षमा भोज बिक्रम बुढामगर निर्वाचित भएका छन् । शनिवार प्यूठान नगरपालिका–३ जुम्रीमा रहेको विजयलक्ष्मी सहकारीको भवनमा भएको भेलाले बुढामगरलाई अध्यक्ष चयन गरेको हो । 
जिल्ला पार्टीको उपाध्यक्षमा कृष्ण बहादुर रायमाझी, सचिव दिपेन्द्र के.सी.रहेका छन् । पार्टीले १३ सदस्यीय सचिवालय समिति गठन गरेको छ । विराज भण्डारी, आर.पि.राज भण्डारी, जिआर पुलामी, तिल बहादुर घर्ति, धर्मराज भण्डारी, सन्तोष बि.क., आर रिजाल, झविलाल राहु, भिम बहादुर के.सी. र झग बहादुर बुढामगर रहेका छन् । सचिवालय समिति सहित ३९ सदस्यीय जिल्ला कमिटि गठन गरीएको नवनिर्वाचित सचिव दिपेन्द्र के.सी.ले जानकारी दिए । 
तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष के.पी. शर्मा ओलीले एकलौटी र असंवैधानिक कदमहरु चाल्न थालेपछि पुष्पकमल दाहाल(प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनाल सहितका नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका थिए । २०७७ पुस ५ गते संसद विघटन पश्चात चिसिएको सम्बन्धलाई ओलीको अह्मताका कारण पार्टी विभाजनको दिशामा जान थालेपनि ओलीको विरुद्धमा लाग्ने नेताहरुलाई कारवाही हुन थालको छ । सिंगो पार्टीलाई सर्वोच्च अदालते नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) व्युताइदिएको अवस्थामा ओलीले आफ्ना नेता कार्यकर्ताहरुलाई हटाएर मनोमानी गर्न थालेपछि नेपाल समुह रुष्ट बनेको छ । कम्युनिष्ट आचरण, विधि र पद्धतीमा चल्ने पार्टी निर्माणका लागि ओली प्रवृत्ति विरुद्धमा नेपाल खनाल समुह एमाले पुनर्गठनको अभियान थालेका नवनिर्वाचित अध्यक्ष भोज विक्रम बुढामगरले जानकारी दिए । 
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली उपस्थित थिए । 
 


सम्बन्धित खबर

नरबहादुर कर्माचार्यको सम्झनामा अन्तरक्रिया

प्यूठान, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) वडा कमिटि प्यूठान नगरपालिका–३ ले अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । नेकपाका संस्थापक क. नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसको अबसरमा वडा स्तरीय अगुवा कार्यकर्ता अन्तरक्रिया कार्यक्रम...

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

ए, प्रतिगमनका बा अव त अति भो, राष्ट्रलाई क्षति भो ! 

काठमाण्डौ, काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जसपानिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहीबार काठमाडौंको प्रदर्शनीमार्गमा विरोध प्रदर...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

स्वास्थ्यकर्मी माथी दादागिरी देखाउनेलाई सडक बाटै कारबाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

प्यूठान, भेरी अस्पताल बाँकेमा बिहिबार भएको स्वास्थ्यकर्मी माथीको कुटपिटको घटना देशभर आलोचित भइरहेका बेला अखिल क्रान्तिकारीले दोषिलाई उन्मुक्ति दिए आफुले सडकबाटै कारबाही गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य तथा...