Dabur

महासंघमा ४ संगठनको ऐक्यबद्धता

प्यूठान, नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनलाई सफलतापुर्वक सम्पन्न गर्न जिल्लाका ४ संगठनले एकता गरेका छन् । महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको आगामी चैत्र २५ गते हुन गइरहेको निर्वाचनमा एकता गरेर जाने प्रतिबद्धता व्यक्त गरेका हुन् । महासंघलाई सकेसम्म सर्बसम्मत ढंगले लैजान पहल गर्ने गरी ऐक्यबद्धता घोषणा गरिएको प्रेस संगठनको तर्फबाट वार्ता टोलीका संयोजक सुशील पोख्रेलले जानकारी दिए ।

यस्तो छ बिज्ञप्ती(पूर्ण पाठसहित)

प्रेस बक्तब्य

मितिः २०७७ चैत्र ०९ गते

नेपाल पत्रकार महासंघको आसन्न निर्बाचनलाई सफलतापुर्वक सम्पन्न गर्नु हामी सबै क्रियाशिल पत्रकारहरुको दायित्व होे । महासंघको केन्द्र, प्रदेश र जिल्ला तहको आगामी चैत्र २५ गते हुन गइरहेको निर्वाचन कार्यक्रमको हामी स्वागत गर्दछौं । हामी तपशिल बमोजिमका प्यूठान जिल्लामा क्रियाशिल पत्रकार महासंघको सबै तह (केन्द्र, प्रदेश र जिल्ला)को निर्बाचनलाई सफल बनाउन आ–आफ्नो संगठनको अस्तित्वलाई स्वीकार गरी सहकार्य गरेर निर्बाचनमा अगाडि बढ्ने सहमती गरेकाछौँ । दृढतापुर्बक पालना गर्ने हाम्रो यो सहमति सँगै महासंघ प्यूठान शाखालाई व्यवसायिक पत्रकारहरुको साझा संगठनको रुपमा अगाडि बढाउन अन्य पेशागत संघ संगठनलाई समेत सहकार्यका लागि आह्वान गर्दछौं ।

हामी निम्न बिषयमा प्रतिबद्ध हुनेछौंः

१. हामी श्रमजीवी पत्रकारहरुको हकहितको पक्षमा नेपाल पत्रकार महासंघको निर्बाचनमा एकताबद्ध भई सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता गर्दछौँ ।

२.नेपाल पत्रकार महासं.घको निर्बाचनमा बिभिन्न जातजाति, भाषा, क्षेत्र र लैंगिक रुपमा अधिकतम साझा र समावेशी हुनेगरी सबै क्रियाशिल संघ संगठनहरुलाई सहकार्यका लागि आह्वान गर्दछौँ ।

३. पत्रकारहरुको पेशागत एवम् भौतिक सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पूर्ण प्रेस स्वतन्त्रता रिोधी कानुनको खारेजीको माग गर्दछौ ।

४. नेपाल पत्रकार महासंघ प्यूठान शाखालाई अधिकतम सर्ब सहमतीय प्रणालीमा लैजान पहल गर्नेछौँ ।

पछिल्लो पटक सिफारिस भएका पत्रकारहरुको सदस्यता स्वीकृत भएसँगै  नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानमा आवद्ध पत्रकारहरुको संख्या १ सय ५५ पुगेको ।  यसअघि १ सय १६ जना कायम भएको महासंघको सदस्यता संख्यामा यस वर्षदेखि २९ जना नयाँ सदस्य थपिएका छन् । चैत २५ गते हुने नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश, जिल्ला र एशोसियट तर्फको निर्वाचनलाई लक्षित गर्दै महासंघले सवै जिल्लाका सदस्यहरुको संख्या सार्वजनिक गरेको छ । चुनावको मिति नजिकिदै गर्दा नेतृत्वको लागि पत्रकारहरुबीच आन्तरिक जोड घटाउको रस्साकस्सी शुरु हुन थालेको छ ।

हेर्नुहोस् पत्रकारहरुको नामावली : 

 

 


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...