Dabur

प्रतिगमन बिरुद्धको महासमरमा दिलोज्यानले लागौं: नारायण अधिकारी ( संविधानसभा सदस्य )

संबिधान सभा सदस्य नारायण अधिकारीले प्रतिगम बिरुद्धको महासमरमा ऐक्यबद्धता जनाइ कम्युनिष्ट बिचारलाई जीवित राख्न आग्रह गर्नु भएको छ।उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टटस राख्दै उहाँले यस्तो भन्नु भएको हो। उहाँको लेख जस्ताको तस्तै:- "अहिले जस्तोसुकै अन्योलता भए पनि आखिरिमा सहि बिचार,दृष्टिकोण र समयको बिकाससँगै विकसित कार्यदिशाले कम्युनिष्ट पार्टीको भविस्यको निर्धारण गर्दछ।हावा कहिले उत्तरतिरबाट लाग्छ कहिले दक्षिणतिरबाट लाग्छ,तर शतिसाल झैँ दृढतापुर्वक सहि बिचारको पक्षमा उभिनु हरेक कम्युनिष्टको कर्तब्य हो।समस्यासँग जुध्ने,अप्ठ्यारोमा न हडबडाउने र खराबभन्दा खराब परिस्थितिको सामना गर्दै त्यसको विरुद्धमा नेतृत्व गर्ने एउटा कम्युनिष्टको दायित्व हो। कमरेडहरु, संसदको विघटनपछि नेपालको आकाशमा कालो धब्बा देखा पर्न थालेको छ।यदि आन्दोलन र न्यायालयले यो धब्बा हटाउन सकेन भने कालो रात आउन सक्ने सम्भावना र हामीले प्राप्त गरेका सबै उपलब्धिहरु गुम्ने र हामी धेरै पछाडि फर्कनुपर्ने सम्भावना छ।यसलाई ख्याल गरेर नयाँ रणनीति र कार्यनीतिको बिकास गर्दै मानसिक बैचारिक र भौतिक रुपले फ़ेरि अर्को महासमरको यात्राको लागी तयार हुने हो कि? बिषय र परिस्थिती गम्भीर भएकाले गाली गलौज ,छुद्र आलोचना,आग्रह पुर्वाग्रह,यो गुट र ऊ गुटको धारणाबाट माथी उठेर परिस्थिति र घटनाक्रमको सहि आंकलन,स्वस्थ बिमर्श गर्दै अगाडि बढौं।किनकि हामी एक्काइसौं शताब्दिको विकसित समाजका कम्युनिष्ट कार्यकर्ता हौं।"


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...