Dabur

वेडमा छटपटाउदै दाेहाेरी गायक श्रीपाली,सहयोगको लागि अपिल

कुनै समयमा मञ्चमा पुगेर दाेहाेरीबाट हजारौं दर्शकलाई हसाउने र नचाउने गायक अहिले आर्थिक अभावका कारणबाट राेगसंग वेडमै छट्पटाउनु भएको छ । लाेक दाेहाेरी गायक चित्र अविरल श्रीपाली छातिकाे क्यान्सरबाट ओच्छ्यानमै छटपटाउनु भएको छ। प्यूठान जिल्ला नौ बहिनी गा.पा .४ निवासी हाल कपिलवस्तुको शिवराज नगरपालिका ४ मा चन्द्रौटामा बस्दै आउनु भएको लोक दोहोरी गायक चित्र अबिरल श्रीपाली विगत एक वर्ष देखि जीवन र मृत्यु संग लडिरहनु भएको छ । उहाँ लाई छातीमा क्यान्सर भएको हुदा एक वर्ष अगाडि देखी औषधि सेवन गर्दै आउनु भएको थियो। विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९का कारण औषधि घरमै ल्याएर सेवन गरिरहनु भएको थियो।एक्कासि स्वास्थ्यमा असहज देखिए पछि अस्पताल भर्ना हुनुभएको थियो। अस्पताल भर्ना भएपछि चेकजाँच गर्दा बायाँ मिर्गौलामा पत्थरी भएको भएको कुरा जानकारी भयो। डाक्टरको सल्लाह अनुसार बायाँ मिर्गौला तथा पिसाब नलिलाई सल्यक्रिया गरि पत्थरी निकालिएको थियो। पत्थरी निकाले पनि फेरि पनि शल्यक्रिया गर्नु पर्ने भएको छ। यसर्थ पीडित चित्र अविरल श्रीपालि उपचारको लागी आवश्यक रकम जुटाउनु पर्ने भएको हुँदा बुटवल स्थित तिनाउ इन्टरनेसनल अस्पतालका डाक्ट पबन धितालको सिफारिसमा अस्पतालले समेत श्रीपालिलाई बचाउनका लागि सहयोगको अपिल गरेको छ । पीडित श्रीपालीको लामो समयसम्म अस्पतालको बसाइँले गर्दा आफूसँग भएको आर्थिक सकिए पछि अब कुनै विकल्प नभएर आम नेपाली सहयोगी दाता हरु संग आफ्नो जिवनको रक्षाको लागि सहयोग गर्न उहाँले अपिल गर्नु भएको छ।


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...