Dabur

प्यूठानमा टिप्पर दुर्घटना: सहचालकको मृत्यु

प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं २ स्थित तमुलोसारमन्चमा टिप्पर दुर्घटना हुदाँ घाईते भएका सहचालकको उपचारको क्रममा मृत्यु भएको छ । प्युठान नगरपालिका वडा नं ७ टिकुरीका २१ वर्षिय मुनाल भट्टको वुटवल स्थित मर्सीसिटी अस्पतालमा उपचारका क्रममा आईतबार दिउसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक देविप्रसाद गैरेले जानकारी दिनु भयो। आईतबार बिहान माण्डवी गाउँपालिका १ अरङ्गखोलादेखी चुनढुङ्गा बोकेर कालाकाटे तर्फ जादै गरेको ना ८ ख ३७०२ नं को टिप्पर ९:३० बजेको समयमा दुर्घटना हुदाँ चालक र सहचालक घाईते भएका थिए । टिप्पर चालक सितगंगा नगरपालिका वडा नं ११ अर्घाखाँचीका २७ वर्षिय सन्तोष रोकाको वुटवल स्थित मर्सीसिटी अस्पतालमा उपचार भईरहेको छ । टिप्पर सड्कको किनारा भासिएर टिप्पर दुर्घटना भएको हो । टिप्पर सड्कदेखी ७५ मिटर तल खसेको सुचना अधिकारी गैरेले जानकारी दिनु भयो।


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...