Dabur

प्युठानमा गुगल कम्प्युटर एण्ड सप्लायर्स सञ्चालन

प्युठान, १ कार्तिक । प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा गुगल कम्प्युटर एण्ड सप्लायर्स सञ्चालन गरिएको छ । विगत ५ वर्षदेखी दाङको घोराहीमा सेवा दिदै आएको गुगल टेड्रसको शाखाको रुपमा प्युठानमा गुगल कम्प्युटर एण्ड सप्लायर्स सञ्चालन गरिएको हो । आज घटस्थापनाको अवसर पारि सप्लायर्सको उद्घाटन गरिएको छ। सप्लायर्समा कम्प्युटर, ल्यापटप, सिसिटिभी, , टिभी, पोजेक्टर लगाएतका विभिन्न विद्युतिय उपकरणहरु पाईने सञ्चालक युवराज पोख्रेलले बताउनुभयो । सामान बेच्नुभन्दा बढी ग्राहकलाइृ समयमै सर्भिस र सेवा दिनका लागि सप्लायर्स सञ्चालनमा ल्याएको उहाँको भनाई छ । प्युठान संगै छिमेकी जिल्लाहरु रोल्पा, अर्घाखाँची, गुल्मीका सेवाग्राहीलाई लक्षित गरी सप्लायर्स सञ्चालनमा ल्याईएको जनाईएको छ । नजिकिदै गरेको दशैलाई लक्षित गरी न्युन मुल्यमा सामाग्रीहरु पाउनुका साथै दाङ र वुटवलकै मुल्यमा सामाग्रीहरु समेत दिईने उहाँको भनाई छ ।

सरकारी कार्यालय र स्थानीय सरकारलाई लक्षित गरेर सेवा विस्तार गरिएको जनाईएको छ। प्युठानबाट सामाग्रीहरु लिनकै लागि घोराही पुग्नुहुन्थ्यो, पोख्रलले भन्नुभयो,–‘घोराही पुग्नुभन्दा प्युठानबाटै सेवा दिने उदेश्यले शाखा बिस्तार गरेका हौँ । ’ सप्लायर्समा केही समयपछि मोबाईल लगाएत अन्य विद्युतिय उपकरणहरु सञ्चालनमा ल्याउने प्युठान शाखाका सञ्चालक नारायण वलीले बताउनुभयो ।

पोख्रेल फेन्सी स्टोर्स सञ्चालन

घटस्थापनाकै अवसर पारेर प्युठान नगरपालिका वडा नं ४ जुम्रीबजारमा पोख्रेल फेन्सी स्टोर्स सञ्चालनमा ल्याईएको छ । विराटनगर महानगरपालिका स्थित मोरङका रुद्र पोख्रेलले फेन्सी स्टोर्स सञ्चालनमा ल्याउनुभएको हो । स्टोर्समा लेडिज, जेन्स र बच्चाको लागि कपडा र जुत्ता चप्पल पाईने सञ्चालक पोख्रेलले बताउनुभयो । करिब ११ लाख रुपियाँ लगानीमा स्टोर्स सञ्चालन गरिएको उहाँको भनाई छ ।


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...