Dabur

अनसनरत डा. गोविन्द के.सी.को समर्थनमा प्रदर्शन 

डाक्टर गोविन्द केसी

प्यूठान, स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै  अनसन बसेका डाक्टर गोविन्द केसीको समर्थनमा प्यूठानमा प्रदर्शन गरिएको छ । अनसनरत के.सी.का समर्थकहरुले सोमबार जुम्रीबजारमा मौन प्रदर्शन गरेका हुन् ।
नेपाल परिवर्तकारी यूवा समाज (एनआअरवाईसि) मा आवद्ध युवाहरुले अनसनरत के.सी.का मागहरु पूरा गरी स्वास्थ्य क्षेत्र सुधार गर्नु पर्ने र जीवन रक्षा गर्नु पर्ने माग राखेर पदर्शन गरिएको सहभागी जीवन खनालले जानकारी दिए ।  ‘डाक्टर केसीको अनसन, मेडिकल माफियाको टेन्सन, लुटतन्त्र बन्द गर, गोविन्द केसीको माग पूरा गर, गोविन्द केसीको जीवन रक्षा गर, स्वास्थ्यको नाममा लुट पारदर्शिता खै सरकार ? लगायतका नाराहरु नारा लेखिएका पर्चा प्रदर्शनकारीले बोकेका थिए ।भदौ २९ गतेदेखि जुम्लामा १९ औं अनसन सुरु गरेका केसी ९ औं दिनको दिन काठमाडौं आएर त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालमा बसेका छन् । 


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...