Dabur

नौबहिनीले भन्यो‘ सुरक्षित हुनुस, हामी खाने ब्यबस्था मिलाउछौँ ’

प्यूठानको-नौबहिनी-गाउँपालिका


प्यूठान, प्यूठानको नौबहिनी गाउँपालिकाले भारतको विभिन्न स्थानमा समस्यामा परेका नागरिकलाई खानाको व्यवस्था गर्ने भएको छ । मंगलबार कार्यपालिकाको बैठकबाट अनुमोदन हुने गरी सरसल्लाह बमोजिम नौबहिनीबाट भारतमा पुगेर बेखर्ची बनेकाहरुको खानाको व्यवस्था गरिदिने भएको नौबहिनी गाउँपालिकाले जनाएको छ । 

सोमबार नै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुन मार्फत भारतमा आपतमा परेका ४० जना नागरिकहरुको खानाको व्यवस्थानमा समन्वय गर्न गाउँपालिकाले महाविर पुनलाई फोन मार्फत अनुरोध गरेको छ । लामो समय बन्दाबन्दीको पेटामा परेका उनीहरु भोकभोकै हुन थालेपछि सामाजिक सञ्जाल र समाजसेवी समेत गरेका महाविर पुनसंग गुहार मागेपछि महाविर पुनले नौबहिनी गाउँपालिकालाई पहल कदमी लिएको थियो । 

सामाजिक सञ्जालमा सयौ जना यूवाहरुले भोकमरी र अल्पत्रका खवरहरु राखेपनि आधिकारीक रुपमा सम्पर्कमा आएका ४० जना यूवाहरुलाई पहिलो पटक १५ दिनको लागि दैनिक नेपाली ३ सय २० रुपैया सहयोग गर्ने भएको  नौबहिनी गाउँपालिका अध्यक्ष शिव रिजालले जानकारी दिए । गाउँपालिकाले अलपत्र परेको खवर पाएपछि गाउँपालिकाका प्रमुख, उपप्रमुख र कार्यकारी अधिकृत सहित कार्यपालिका सदस्यहरुसंगको फोन कल मार्फको सहमतिमा उनिहरुलाई आर्थिक सहयोग गर्न लागिएको छ । “तत्कालिन अवस्थामा आर्थिक सहायता दिई भारतमै सुरक्षित रहन अनुरोध गरिने छ । ” अध्यक्ष रिजालले भने “नेपाल आउने इच्या व्यक्त गरेपनि ल्याइ हाल्ने स्थिती छैन् ।” अहिले भएको सुरक्षित स्थानमै गाउँपालिकाले दिएको सहयोगमा रहन उनले आग्रह गरे । 


सोमबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष तथा समाजसेवी महाविर पुनको फेशबुकमार्फत अलपत्र नागरिकको सम्पर्कका लागि समन्वय प्रश्ताव गरिएको थियो ।  प्रश्ताव आएपछि फोन मार्फत नागरिक लिन नसकिने तर भएको ठाउँमा खानाको व्यवस्थापनका लागि आर्थिक सहयोग उपलब्ध गराउने मौखिक निर्णय भएको गाउँपालिकाले जनाएको छ । महाविर पुन मार्फत सहयोग भारत पठाउने र  मंगलबार गाउँकार्यपालिकाको मौखिक निर्णयलाई गरिने तयारी गरेको गाउँपालिकाले जनाएको छ ।


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...