Dabur

कोरोनाको अचुक औषधी अनुशासनः मेयर रोकाय

प्यूठानः कोरोना भाईरस कोभिड १९ विश्वभरी माहामारीको रुपमा फैलिरहदा यसको सबैभन्दा उच्चतम बच्ने औषधी अनुसासन रहेको स्वर्गद्धारी नगर पालिका प्रमुख मेयर नेत्र बहादुर रोकायले बताएका छन् । बन्दाबन्दीको अबस्थामा भारत बाट आएका श्रमिक दाजुभाइ तथा दिदि बहिनीहरु उचित ब्यवस्थापन सहित क्वारेन्टाइन मा राखिएको छ । उनिहरुलाई अधिकतम अनुशासन मा रहन मेयरले आह्वान गरेका छन् ।

७०० जना भन्दा बढि अति संकमित क्षेत्र भारत बाट आएका छन । नगरवासी लाई सम्मानका साथ क्वारेन्टाइन राखिएको र उनिहरुलाई १४ दिनसम्म राखेर क्वारेन्टाइनबाटै आरडिटी चेक गरी घर पठाउन उचित समन्वयकारी भुमिका खेलेको छ । प्रदेश सरकार संगपनि पिसिआर टेस्ट गर्न आबश्यक किट प्राप्त नभएको कारण प्रदेशले प्राप्त मात्रामा किट उपलब्ध गराउन सकेको छैन ।

‘उपलब्ध स्रोतको प्रयोग गरी विद्यालयहरुलाई क्यारेनटाइन बनाएको छ । सवैमा सचेत रही सरकारले तोकेको नियम कानुन लाई पालना गरी अनुशासन भएर  मात्र कोरोना लाई पराकास्त गर्न सकिन्छ ।’ नगरपालिका रहेको पूवार्धार निमार्ण लगाएतका स्रोत कट्टि गरी महामारीको बाट जुध्न तयार रहेको रोकायले जानकारी गराए ।

भिंगृ प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका दुइ जना डाक्टर मध्ये एक जनालाई कोरोना विषेश कार्यमा लाग्न जिम्मेवारी दिइएको छ । नगरमा १३ आइसोलेनसन वेड पनि तयार गरिसकेको छ । प्रत्येक वडामा समेत स्वास्थ्य कर्मी प्रयोग गरी नियमित चेक जाच गर्ने ब्यवस्था मिलाइएको छ ।

यस्तो विषम परिस्थितीमा सम्मुर्ण नगरवासीलाई सम्मेमित भई कृषि कार्य गर्न प्रोत्साहन गरिएको छ । कृषि कार्यबाट करिव ७० प्रतिशत आयस्रोत धानेको र कृषिलाई अबलम्बन गरी स्वरोजगार बन्न युवा लक्षित कार्यक्रम ल्याउने बताएका छन् ।

नगरवासिलाई केहि कुरामा पनि अभावहुन नदिन अहिले नगर प्रमुख रोकाय दिनभरी मेहनत गरिरहेका छन् । कोरोनालाई जुध्दै अवको योजना तयार गर्नुपर्दछ । सयौमा संख्यामा यूवा घरमा आइरहेको हुदा उक्त यूवा जनशक्तिलाई प्रयोग गर्न सके गाउ स्तरको विकास र स्वरोरगार जरुर देखिन्छ ।


सम्बन्धित खबर

ओली यूगको अन्त्य भएको बिद्यार्थी संगठनको घोषणा

प्यूठान, प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको प्रतिनिधी सभाको विघटनलाई सर्बोच्च अदालतले वदर गरिदिएपछि प्यूठानमा दिप प्रज्वलन गरिएको छ ।  नेपाली काँग्रेस निकट नेपालविद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल(क्रान्तिकारी), रा.ज.मो. निकट अखि...

यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट (पूर्णपाठ)

काठमाडौं , सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । सरकारले चालु...

जनतासँग माओवादी केन्द्र,गाउँ गाउँ स्वास्थ्य सामाग्री वितरण गर्दै

नेपाल कम्युनिष्ट पाटी (माआवादी केन्द्र) विजनयनगर वार्ड कमिटी तथा वा.सि.एल नेपाल ले आज विजयनगरमा कोरोना सतर्कताका लागि स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

खिमलाल देवकोटा बिजयी, बादल कडा मतान्तरले पराजित

प्यूठान, राष्ट्रिय सभा निर्वाचनमा मंगलवार गृहमन्त्रीबाट सर्वोच्चले पदमुक्त गर्न दिइकै दिन राम बहादुर थापा बादल पराजित भएका छन् । उनलाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् । देवकोटा नेकपा एमालेको माधव समुहका नेता हुन् तर उनी सो समुह, नेपा...

अव तपाईले उत्पादन गरेको कृषि उपज कुहाउनु पर्दैन

विजुवारमा चिस्यान केन्द्र सञ्चालन प्यूठान, प्यूठान नगरपालिकाले विजुवारमा निर्माण गरेको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । लकडाउनकै बीचमा जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र(कोल्डस्टोर) सञ्चालनमा ल्याइएको हो ।...